जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना बढेपछि ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड  



काठमाडौं – निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् । म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ६ : ४६ बजे