जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कडाई, आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने



काठमाडौँ – पछिल्लो समय मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेपछि सावधानीका उपाय अपनाइएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि आजदेखि काठमाडौं उपत्यकामा कडाई गरिएको छ । 

कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरिसकेका छन । जारी गरिएका धेरैजसो आदेश मंगलबार रातिदेखि नै लागू भइसकेका छन् । आजदेखि आमसभा, जुलुस, सभा, भेला लगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ । यस्तै कुनै पनि कार्यक्रम गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाइने । घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने लगायतका आदेश जारी गरिएको छ । यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ । 

 

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ६ : ३६ बजे