असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द



काठमाडौं – पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा नित्य पूजा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ । 

पछिल्लो समय मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि आजदेखि धार्मिक कार्यक्रम गर्न बन्द गरिएको हो । 

नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेक अन्य क्रियाकलाप गर्न बन्द गरेको हो । पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी यसबारे जानकारी गराएको छ । 

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १ : ५८ बजे