असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

दुई दिनदेखि हराएकी अभिनेत्री रायमा बोराभित्र मृत अवस्थामा फेला 



काठमाडौं – बंगलादेशकी चर्चित अभिनेत्री रायमा इस्लाम शिमू मृत अवस्थामा फेला परेकी छन् । आइतबार सुटिङका लागि भन्दै घरबाट बाहिर निस्किएकी रायमा ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकामा बोराभित्र मृत भेटिएकी हुन् ।

प्रहरीले उनको शव बोराभित्र दुई टुक्रा भएको अवस्थामा फेला पारेको हो । उनको शव अहिले पोस्टमार्टमका लागि मिडफोर्ड अस्पताल लगिएको जनाइएको छ । 

आलियापुर इलाकाको हजरतपुर पुलमा सोमबार प्रहरीले बोरा बाधेँको अवस्थामा फेला पारेको हो । उनको ज्यान लिएको अभियोगमा प्रहरीले पति सखावत, उनका साथी र चालकलाई नियन्त्रणमा लिएको छ । 

पति र दुई सन्तानका साथ बस्दै आएकी रायमा आइतबारदेखि बेपत्ता भएकी थिइन् । उनले रायमाले झण्डै २५ फिल्म र ५० बढी नाटकमा काम गरेकी थिइन् । 
 

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ४ : ३९ बजे