काठमाडौं – गोरखाको मनकामना मन्दिरमा भक्तजनको प्रबेशमा रोक लगाइएको छ । पछिल्लो समय मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले मनकामना मन्दिरमा यस्तो नियम लागू गर्न लागिएको हो ।
अब आउँदो बिहीबारदेखि माघको अन्तिमसम्म भक्तजनलाई मन्दिर प्रबेशमा रोक लगाइएको हो । मन्दिरमा नित्य पूजा भने गर्न पाइनेछ ।
कोरोनाभाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश पालना गर्न लागिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । मनकामना केबलकार बन्द गर्ने भन्ने बारे अहिलेसम्म कुनै निर्णय भइनसकेको जनाइएको छ ।
प्रतिक्रिया