जेठ ८, २०७९ आइतबार | Sun May 22 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

बैठकको मुख्य एजेण्डा स्थानीय तहको निर्वाचन  रहेको छ। त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ढिलाई गरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप पनि लगाएको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देशको समसामयिक विषयमा बालुवाटारमा छलफल भएको थियो ।
 

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  १ : ५९ बजे