जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्तानको योजना बारे प्रियंकाको यस्तो खुलासा



काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा गायक निक जोनस विभिन्न कारणले चर्चामा आइरहने गर्छन् । उनीहरुको जोडीलाई चर्चित जोडीको रुपमा पनि लिइन्छ । 

बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले निकसँग विवाह गरेको पनि लामोसमय बितिसकेको छ । तर, सन्तान जन्माउने भने सुरसार देखिदैन । उनका फ्यानहरुले पनि यसबारे सोधिरहेका हुन्छन् । 

mahota.jpg

तर उनीहरु यसबारे केही बताएका थिएनन् । हालै यो जोडीले सन्तानको योजनाबारे खुलाएका छन् । वेनिटी फेयरसँगको कुराकानीमा उनीहरुले परिवार योजना बारे बताएका छन् । 

प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको ठुलो योजना भएको बताइन् । तर उनले अहिले हतार नभएको बताइन् । उनले भगवान भरोसा भनिन् । सन्तान जन्मिएपछि जीवन कम गतिमा बढ्ने बताउदै उनले यो सबै भगवानको हातमा रहेको बताइन् । उनले अहिले आफू काममा नै व्यस्त रहेको बताइन् । 

mahota.jpg

केही समयअघि उनीहरुको सम्बन्धविच्छेद भएको हल्ला पनि चलेको थियो ।  यसपछि उनले कामसँगै घरबाट पनि टाढा नरहने बताइन् । प्रियंकाले फिल्मबाट भन्दा पनि बढी सामाजिक सञ्जालबाट कमाउने गर्छिन् । 

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ३ : २७ बजे