असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ



काठमाडौं – महोत्तरीमा नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित २ जना पक्राउ परेका छन् । आइतबार जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रहेका छन्। 

272067496_301051072058899_1335033434348091029_n.jpg

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको  जनाइएको छ । 

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  २ : ५० बजे