असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आजदेखि फिल्म हल बन्द



काठमाडौं – कोरोनाभाइरसको संक्रमण  फैलिदै गएपछि काठमाडौं उपत्यकाका सिनेमा हल आजदेखि बन्द भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि आजदेखि सिनेमा हलहरु बन्द भएका हुन् । सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द रहने भनिएपनि  यो लम्बिन सक्ने हल सञ्चालकहरु बताउछन् । 

यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरि सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि सरकारले गरेको छ ।  

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ६ : ३६ बजे