जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ, संक्रमित भएमा के गर्ने ?



काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । 

उच्चदरमा फैलिएको ओमिक्रोन बारे अहिले धेरैलाई जान्ने इच्छा छ । यसैबीच डा. रवीन्द्र पाण्डेले ओमिक्रोन संक्रमित भएमा के उपाय अपनाउने भन्ने बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
 
अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलावट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।
 
१. कडा रुघा वा जीउ दुख्ने र जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

२. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने र पटक्कै नआत्तिने।  खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने र मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।

४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।

५.इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने ।

६. ज्वरो आएमा र टाउको दुखेमा र शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट र कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घांटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने । ८. अक्सिमिटरले अक्सिजन नापिरहने ।

९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।

१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।

प्रकाशित मिति : माघ २, २०७८ आइतबार  ३ : ४५ बजे