श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’, पाए १५ लाख पुरस्कार  



काठमाडौं – चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । हिमालय टेलिभिजन बाट प्रशारण हुदै आएको यस गायन रियालिटी शोमा जेनिश टिम प्रमोदका तर्फ बाट फाइनल राउण्डमा पुगेका थिए । 

vo.jpg

उनले फाइनल राउण्डमा पुगेका अन्य ७ जना प्रतिष्पर्धी लाई पछि पार्दै उपाधी जितेका हुन् । उपाधि जितेसँगै उनले ‘द भ्वाइस किड्स’को ट्रफी, नगद १५ लाख र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । 

यस रियालिटी शोमा ६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहधागी रहेको थियो । शोमा कोचमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । 

प्रकाशित मिति : माघ २, २०७८ आइतबार  ३ : ०७ बजे