• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

माघ २ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारको निर्णय

क्यानाडा नेपाल पौष ३० २०७८
  • 424
    SHARES
  • images
    images
    माघ २ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारको निर्णय

    काठमाडौं - सरकारले माघ २ गतेदेखि कोरोनाभाइरसविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । यसअघि  कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

    images

    स्वास्थ्य सेवा विभागले अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। बुस्टर डोज आउँदो माघ २ र १४ गते दिइने बताइएको छ । 

    माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई  बुस्टर डोज दिने निर्णय भएको जनाइएको छ ।

    बुस्टर डोज पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेकालाई लगाउन लागिएको हो । 

    buster..jpg


    पौष ३०, २०७८ शुक्रवार २१:४७:५९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालमा एकैदिन १२ हजार ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 154
    SHARES
  • नेपालमा एकैदिन १२ हजार ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५ हजार ९०९ जनाको परिक्षण गर्दा मुलुकभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यससँगै कूल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८८ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख १७ हजार ७ सय ५४ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २७ हजार २ सय ७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ८८ हजार ९ सय ३४ जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ ११, २०७८ मंगलवार १७:५९:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

  • 222
    SHARES
  • प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरसको संक्रमण भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । 

    images

    उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पताले कोरोनाभाइरसको असर कम भएपछि पुन अस्पताल आउन सल्लाह दिएको छ । 

    स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाले जानकारी दिए । 


    माघ ११, २०७८ मंगलवार १८:५४:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पूर्वमन्त्री सुनिलबहादुर थापालाई देखियो कोरोना  

  • 142
    SHARES
  • पूर्वमन्त्री सुनिलबहादुर थापालाई देखियो कोरोना  

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    images

    स्वास्थ्यमा समस्या देखिएपछि उनले सोमबार कोरोना परिक्षण गराएका थिए । परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ । 

    कोरोना संक्रमणपछि उनी अहिले घरमै आराम गरिरहेका छन् । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्क अपनाउन आग्रह गरेका छन् । 

     


    माघ ११, २०७८ मंगलवार २१:११:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

  • 140
    SHARES
  • वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं - नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । 

    images

    ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् । 
     


    माघ १२, २०७८ बुधवार १०:४६:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालमा एकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 434
    SHARES
  • नेपालमा एकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३५९ जनाको परिक्षण गर्दा मुलुकभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यससँगै कूल संक्रमितको संख्या ९ लाख ३३ हजार ४ सय ५१ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख २० हजार ६ सय ३७ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख ३१ हजार ७ सय १२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ९० हजार ६७ जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ १२, २०७८ बुधवार १८:२७:२२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण  

  • 122
    SHARES
  • डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण  

    काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    images

    डा. भट्टराईले आरटी पीसीआर परीक्षण गराउँदा आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । कोरोना संक्रमण भएपछि डा। भट्टराई आइसोलेसनमा बसेका छन्। 

    सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएका बताउदै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 
     

     


    माघ १२, २०७८ बुधवार १९:१२:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल