• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

‘द लेडी किलर’ मा अर्जुन र भूमिको रोमान्स

क्यानाडा नेपाल पौष ३० २०७८
  • 312
    SHARES
  • images
    images
    ‘द लेडी किलर’ मा अर्जुन र भूमिको रोमान्स

    काठमाडौं - बलिउड अभिनेता अर्जुन कपूर र  भूमि पेड्नेकर एउटै फिल्ममा देखिने भएका छन् । अजय बहलले निर्देशन गर्ने फिल्म ‘द लेडी किलर’ मा अर्जुन र भूमिले जोडी बाध्ँने भएका हुन् । 

    images

    यस फिल्मलाई भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्ने भएका छन् । फिल्ममा अर्जुन र भूमिको रोमान्स देख्न पाइने भएपछि दर्शक निकै उत्साहित भएका छन् । 

    निर्देशक अजयले अहिले अर्को फिल्म ‘ब्लर’ पनि निर्देशन गरिरहेका छन् । यस फिल्ममा तापसी पन्नुको मूख्य अभिनय रहेको छ । 


    पौष ३०, २०७८ शुक्रवार १९:४३:१३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    थलापति विजयले बढाए पारिश्रमिक, ‘बिस्ट’मा लिए सय करोड

  • 258
    SHARES
  • थलापति विजयले बढाए पारिश्रमिक, ‘बिस्ट’मा लिए सय करोड

    काठमाडौं - दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।

    images

    ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।

    सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।

    यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए ।


    माघ ११, २०७८ मंगलवार १४:०२:३६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

  • 226
    SHARES
  • बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

    काठमाडौं - अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन् । सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो । 

    images

    हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए । जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे । 

    अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् । नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन् । तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न नपाएर छट्पटिइरहेका छन् । तर त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस् । अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले फोटो खिच्न भ्याएको छैन । गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन् ।

    अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन् । उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन । उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन् । 

    काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन् । उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन । यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन् । केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति  अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन् ।

    किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन । एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए । तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन् ।   

    सोहा अली खान र कुणाल खेमूकी एक छोरी इनाया छिन् । यो जोडी पनि आफ्नी छोरीलाई क्यामेराबाट जोगाउन चाहन्छन् । सोहाले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्दा कहिल्यै अनुहार देखाएकी छैनन् । 

    अक्षय कुमार र ट्विंकल खन्ना पनि आफ्ना दुवै बच्चालाई मिडियाबाट टाढा राख्न रुचाउँछन् । ट्विंकलले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्नु पर्दा जहिल्यै पनि पछाडिबाट खिचेको फोटो मात्रै प्रयोग गर्छिन् वा आधा अनुहार मात्रै राख्छिन् ।

    अर्की प्रख्यात कलाकार रानी मुखर्जी पनि आफ्नी छोरी आदिरालाई मिडियाबाट कसरी जोगाउने भन्ने चिन्तामा रहन्छिन् । रानीले २०१५ मा छोरी जन्माएकी थिइन् । करिब सात वर्षकी उनकी छोरीको तस्बिर विरलै सार्वजनिक भएको देख्न सकिन्छ ।
     


    माघ ११, २०७८ मंगलवार २०:३१:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

  • 200
    SHARES
  • 'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

    काठमाडौं - भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन् । यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन् ।

    images

    समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन् । उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन् । यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन् । उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन ।

    त्यसो त उर्वशी अघि ‘नागिन ६’मा माहिरा शर्मा, रुबीना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो । तर ‘नागिन ६’मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन ।
     


    माघ ११, २०७८ मंगलवार २१:५८:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

  • 130
    SHARES
  • राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - बलिउड अभिनेता राजकुमारको नयाँ फिल्म 'बधाई दो' को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    कमेडी जनरामा आधारित यस फिल्ममा राजकुमार र भूमि पेडनेकरको जीवनमा आउने विभिन्न उत्तार चढाब देखाइएको छ । ट्रेलरमा भूमिले एक पिटी शिक्षकको भूमिका निभाएको देखिन्छ । 

    हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको यस फिल्ममा राजकुमार र भूमिसहित सीमा पाहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नितीश पाण्डे, दीपक अरोरा, शशि भूषण लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आउँदो फेब्रअरी ११ मा प्रदर्शनमा आउने भएको छ । 


    माघ १२, २०७८ बुधवार १२:४३:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

  • 186
    SHARES
  • विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

    काठमाडौं - बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।

    images

    ‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।

    निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ । जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।

    यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।

     


    माघ १२, २०७८ बुधवार १३:५६:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

  • 206
    SHARES
  • वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

    काठमाडौं - साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म 'पुष्पाः द राइज'ले बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गर्न सफल भयो। गत डिसेम्बर १७ मा रिलिज भएको यस भारत मात्र होइन नेपालमा पनि राम्रो कमाई गर्न सफल भयो । फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पायो । 

    images

    फिल्ममा अल्लुको फरक अभिनय रअभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले निकै मनपराए । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा रक्त चन्दन तस्करीको कथा देखाइएको छ । 

    फिल्ममा 'पुष्पा'को भूमिकामा रहेका अल्लुले रक्त चन्दन तस्करीमा पुलिसको आँखा छलेको देखाइएको छ । तर, फिल्ममा देखाइएको रक्तचन्दन तस्करी दृश्य वास्तवमा नै देखिएको छ । 

    वास्तवमा रक्तचन्दन तस्करी गरिएको भन्दै संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काटिरहेको बेला उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा ५५ जना मजदुर र तीन जना तस्कर रहेको बताइएको छ । आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको रहेको बताइएको छ । जंगलमा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले हान्ने प्रयास पनि गरेका थिए । 


    माघ १२, २०७८ बुधवार २०:५८:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल