• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

क्यानाडा नेपाल पौष ३० २०७८
  • 316
    SHARES
  • images
    images
    तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

    सप्तरी - सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। उनले भने, 'तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।'

    images

    ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ ।

    संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए । राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।


    पौष ३०, २०७८ शुक्रवार १८:२९:२३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय सभामा निर्वाचनमा जनमोर्चालाई गठबन्धनको फाइदा, पायो एक सदस्य

  • 166
    SHARES
  • राष्ट्रिय सभामा निर्वाचनमा जनमोर्चालाई गठबन्धनको फाइदा, पायो एक सदस्य

    काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । 

    images

    सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् । 

    जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले- माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । 


    माघ १२, २०७८ बुधवार १९:०१:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी

  • 158
    SHARES
  • मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी

    जनकपुरधाम - मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। 

    images

    बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् । 

    सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।


     


    माघ १२, २०७८ बुधवार १९:४९:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा चुनाव : एमालेले ८ मध्ये ७ सिट गुमायो

  • 172
    SHARES
  • राष्ट्रिय सभा चुनाव : एमालेले ८ मध्ये ७ सिट गुमायो

    काठमाडौं - राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

    images

    पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । जसको मत परिणाम सार्वजनिक भइसकेको हो । 

    निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । 

    आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । 

     


    माघ १२, २०७८ बुधवार २०:१७:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा मात्र एमाले विजयी

  • 194
    SHARES
  • १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा मात्र एमाले विजयी

    काठमाडौं - बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    images

    १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् ।

    राष्ट्रिय सभाको आजको निर्वाचनमा  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।

    कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द्र) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् । 

    गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।

    लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।

    त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए ।

    महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

    मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । 

    वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

     


    माघ १२, २०७८ बुधवार २०:२४:५१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    देउवा अध्यक्ष हुँदाका उपाध्यक्ष शर्मा पहिलो पटक बने सांसद, सम्बन्ध कस्तो थियो ?

  • 192
    SHARES
  • देउवा अध्यक्ष हुँदाका उपाध्यक्ष शर्मा पहिलो पटक बने सांसद, सम्बन्ध कस्तो थियो ?

    दाङ - प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए । 

    images

    राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । 

    उनी बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका हुन् ।  कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् । 

    २०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३/४ वर्षजति जेल बसेको उनी बताउँछन् । 

    देउवाका साथी, सुशीलसँग वारपार 
    पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पद पाएनन् । कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उनले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ । कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । 

    शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए ।‘राष्ट्रिय सभामा निर्वाचित भएपछि शर्माले संवैधानिक र पार्टीको दायित्व पूरा गर्ने बताएका छन् ।


    माघ १२, २०७८ बुधवार २१:०९:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

  • 130
    SHARES
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

    काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । 

    images

    आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची

    rr.jpg


    माघ १२, २०७८ बुधवार २१:२५:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल