काठमाडौं – फिल्म ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको छ । झराना थापाको निर्देशनमा बनेको यस फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । निर्माण टिमले वैशाख गते रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको छ । सुनिलकुमार थापा निर्माता रहेको यस फिल्ममा अनमोल, सुहाना लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया