श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक



काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा स्वस्तिमाको आइटम डान्स पनि देखिइएको छ । उनी रातो ड्रेसमा नाचिरहेको देखिन्छ । ट्रेलरमा नेपालका धेरै ठाउँहरुको दृश्य देखिएको छ । 

राजीव शेट्टीको निर्देशन रहेको यस फिल्ममा नेपालका केही कलाकारको पनि अभिनय रहेको छ । कमेडी जनरामा आधारित यस फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् । 

प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार  ५ : ४८ बजे