• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

क्यानाडा नेपाल पौष २८ २०७८
  • 596
    SHARES
  • images
    images
    दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

    एजेन्सी - टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् ।

    images

    मानिसमा प्रयोग हँुदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

    हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ ।

    भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीआर हेडसेटले विकास गरेको हो ।

    पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो 

     

     


    पौष २८, २०७८ बुधवार १५:०२:०७ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    एजेन्सी - हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

    images

    madhesh yamale losapa.jpg

    कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । 

    बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।
     

     


    माघ ६, २०७८ बिहिवार २१:१४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    यो अनौठो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

    यो अनौठो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

    एजेन्सी - कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।

    images

     यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्थित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । 

    अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रामा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । 

    यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । 

     


    माघ ७, २०७८ शुक्रवार १५:१८:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क, प्यारालाइसिसका बिरामीलाई उपयोगी हुने दाबी

    मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क, प्यारालाइसिसका बिरामीलाई उपयोगी हुने दाबी

    काठमाडौं - संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । 

    images

    मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुंगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।

    सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ । 

    नशाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी
    प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’

    संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव

    मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

    मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।

    मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो । 

     
     


    माघ ९, २०७८ आइतवार २१:५८:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    के ब्रह्मान्डमा एलिन लाईफ अस्थित्वमा छ ? एलिन जीवन अझै रहस्यमै

  • 166
    SHARES
  • के ब्रह्मान्डमा एलिन लाईफ अस्थित्वमा छ ? एलिन जीवन अझै रहस्यमै

    एजेन्सी - पछिल्लो दशकमा अन्तरिक्ष अनुसन्धानले राम्रै स्थान पाएको छ । अन्तरिक्षमा जेम्स वेब टेलिस्कोप परिचालनदेखि प्लुटोमा अन्तरिक्ष मिसन सुरु गरेर अन्तरिक्ष यात्रीहरुले धेरै ‘ब्रेकथ्रु’ गरेका छन् । भूर्गविद्, वैज्ञानिक, अन्तरिक्ष यात्रीले लामो समयदेखि अन्तरिक्षका विभिन्न रहस्य सार्वजनिक गर्दै आएका छन् । 

    images

    अन्तरिक्षको क्षेत्रमा धेरै ठूला प्रगति भए पनि एलिन जीवन भने अझै रहस्यकै गर्भमा छ । विभिन्न समयमा धेरै अपरिचित उड्ने वस्तु पृथ्वीमा देखिएसँगै एलिनको अस्थित्वबारे पनि चर्चा बढेको छ । 

    वैज्ञानिकहरुले विभिन्न ग्रह र सौर्य प्रणालीका विभिन्न तथ्य सार्वजनिक गरिसकेका छन् । ताराको प्रकृति, पुच्छ्रेतारासँग सम्बन्धित विभिन्न जिज्ञासा समाधान भएका छन् । 

    तर, ब्रह्मान्डमा ‘एलिन लाइफ’ को अस्थित्वबारे गरिएका विभिन्न प्रश्न अनुत्तरित छन् । किन ? एलिन लाइफ वास्तविकता हो भने किन अझै रहस्यमै छ ? ब्रह्मान्डमा एलिनको अस्थित्वबारे विभिन्न पौराणिक ग्रन्थ, चलचित्रलगायतमा पढ्न तथा सुन्न पाइन्छ ।

    दशकौंदेखि एलिनको विषय मानव जगतका लागि एउटा सर्बाधिक विषय बनेको छ । अन्तरिक्ष विज्ञानमा प्रगतिसँगै यस विषयप्रतिको उत्सुकता झन् बढिरहेको छ । 

    विश्वभरका वैज्ञाकिहरुले ब्रह्मान्डमा एलिनको जीवन पत्ता लगाउन सकेका छैनन् भने विश्वास गर्न पनि कठिनाई भइरहेको छ । योसँगै प्राय मानिसको दिमाग घोच्ने प्रश्न पनि छ– ब्रह्मान्डमा के एलिन जीवन छ ? के हामी एक्ला छौं ? एलिनबारे सार्वजनिक हुन नसकेका धेरै गोपनियता सार्वजनिक हुन बाँकी नै छ । आशा गरौं वैज्ञानिकहरुले छिट्टै यो रहस्य सार्वजनिक गर्नेछन् ।


    माघ ११, २०७८ मंगलवार १०:३०:४५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अस्ट्रेलियाका वैज्ञानिकहरु भन्छन् - आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ 

  • 342
    SHARES
  • अस्ट्रेलियाका वैज्ञानिकहरु भन्छन् - आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ 

    एजेन्सी - के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ ?  सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । 

    images

    अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ । 

    यस्ताे भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ । 

    १९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको  मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ ।

    ‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने ।

    अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।  
     


    माघ ११, २०७८ मंगलवार १०:५५:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल, रकेट लन्च गरिदै

  • 448
    SHARES
  • ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल, रकेट लन्च गरिदै

    काठमाडौं - संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । 

    images

    विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टे«टोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।

    हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ ।

    यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।

    रकेट लन्च गर्न सकिने
    यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ । विमानको तेस्रोपटक परीक्षण गरिएको हो । विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो । 

    स्टे«टोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए । यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ । यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५.८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ । यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ ।

    यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो । यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ । 
     

     


    माघ ११, २०७८ मंगलवार १३:२६:०५ बजे : प्रकाशित


    क्यानाडा नेपाल