श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

विपिनलाई फोनबाटै आयो बलिउड फिल्म ‘एनिमल’ को अफर, रनवीर कपुरसँग अभिनय गर्दै



काठमाडौँ – अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । उनलाई मुम्बईबाट नै फिल्म ‘एनिमल’मा अभिनय गर्न प्रस्ताव आएको हो । 

सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने यस फिल्ममा विपिनले अभिनेता रणवीर कपूरसँग अभिनय गर्ने बताइएको छ । सन्दीप रेड्डीले ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका थिए । 

विपिनले आफूलाई मूम्बईबाट नै फोनबाट फिल्मको अफर आएको बताए । विपिनले फिल्मको स्क्रिप्ट भने पाएका छैनन् । उनले अगस्टमा सुटिङका लागि आफूलाई बोलाइएको बताए । यस फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् । 

 

प्रकाशित मिति : पुस २८, २०७८ बुधबार  ५ : १९ बजे