श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० करोड लगानीमा मोडुलर ओटी सञ्चालन, निजीस्तरमा नेपालमै पहिलो



काठमाडौं । झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको  युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको जानकारी कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिएका छन् । आज एक कार्यक्रम मार्फत उक्त अपरेसन थिएटर संचालन मा ल्याईएको हो । अपरेसन थिएटरका लागि अस्पताल भवनको एउटा पूरै तला प्रयोगमा ल्याइएको छ ।

modularotnews1.jpg

कार्यकारी निर्देशक दुर्गा प्रसाईं का अनुसार जर्मनीबाट ल्याइएको पाँचवटा मोडुलर अपरेसन थिएटर स्थापना र सञ्चालनका लागि झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको छ । उक्त थिएटर कुनै पनि संक्रमणबाट मुक्त रहने भएर ढोकाहरु सेन्सरबाट खुल्ने, बन्द हुने बनाइएको छ ।

कलेजो, फोक्सो प्रत्यारोपणको लागि मोडुलर थिएटर अत्यावश्यक पर्ने भएकाले अस्पताल ले उक्त थिएटर संचालन मा ल्याएको जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरीले बताएका छन् । अत्याधुनिक साधनसहितको मोडुलर अपरेसन थिएटर सञ्चालनमा आएपछि बिएन्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पताल अंग प्रत्यारोपणका लागि आत्मनिर्भर भएको समेत गिरी ले उल्लेख गरेका छन् ।

कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बिर्तामोडलाई मेडिकल टुरिजम को रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको सुनाए । उनले विदेशी मुलुकबाट पनि मिर्गौलालगायत अंग प्रत्यारोपणको लागि बिरामीको चाप बढ्ने विश्वास लिएको बताए ।

modularotnews2.jpg

नेपालमा यसअघि सरकारीस्तरमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणको लागि नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार  ११ : ०१ बजे