काठमाडौं – विश्वका विभिन्न देशमा अहिले कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । यसपटकको लहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तिव्र गतिमा फैलिरहेको समाचारमा सुनिदै आएको छ । भारतमा ओमिक्रोन बढीरहदा यो नेपालमा पनि आउँदैन भन्न सकिदैन ।
नेपालमा पनि ओमिक्रोनका केही केसहरु देखिएका छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न आग्रह गरिरहेको छ ।
कोरोनाबाट बच्न हामिले शरिरको म्युनिटी पावर बढाउनु जरुरी हुन्छ । यस भेरियन्टका लक्षण नाकबाट पानी बग्नु, टाउको दुख्नु शरीर गल्नु, हाच्छिउँ र घाँटी दुख्नु हो ।
इम्युनिटी पावर बढाउन सहयोग गर्ने खानेकुराहरु यस्ता छन्
१. घिउँ – आयुर्वेदका अनुसार शुद्ध घिउँमा बोसो नगन्य हुन्छ, जसले जाडोमा शरीरलाई न्यानो राख्छ र ऊर्जा दिने गर्दछ। दैनिक १ चम्चा घिउँ खाँदा रोगबाट इम्युनिटी पावर क्षमता पनि बढ्छ । यसलाई दाल, भात, रोटी वा तरकारीसँग खान सकिन्छ ।
२. गुलियो आलु – विज्ञहरुका अनुसार आलुमा भिटामिन–सी पाइन्छ । जसले शरिरको इम्युनिटी पावर क्षमता बढाउन मद्दत गर्छ । साथै यसमा बिटा क्यारोटिन पनि हुन्छ जुन राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
३. अमला – अमला भिटामिन-सी को एक उत्कृष्ट स्रोत हो । जुन प्रतिरक्षा क्षमता बढाउनको लागी धेरै महत्त्वपूर्ण छ। जाडोमा यसको सेवनले रुघा, खोकीबाट बच्न पनि सहयोग गर्दछ । यसलाई जुस, अचाररूपमा लिन सकिन्छ।
४. सखर – सखर जाडो मौसममा सबै भन्दा धेरै सेवन गर्ने एकमात्र खानेकुरा हो। सखरलाई दैनिक रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने गछ । साथै सखर सुगर लागेको बिरामीहरु पनि सजिलै सेवन गर्न सक्छन। यसका साथै खानापछि एक टुक्रा गुड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।
५. अमिलो फलफूल- जाडोमा सुन्तला, मौसमी, कागती जस्ता अमिलो फलफूल सेवन गर्दा धेरै फाइदा हुने गर्दछ । यी अमिलो फलफूलमा भिटामिन(सीको मात्रा धेरै हुने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
प्रतिक्रिया