काठमाडौं । मौसममा परिवर्तन आउने क्रममा धेरैलाई रुघाखोकीले सताउने गर्छ । बालबालिका, बृद्धबृद्धा, रोगीलाई मात्रै नभएर वयस्क उमेर समूहकालाई र निरोगीलाई पनि रुघाखोकीले सताउन छोड्दैन ।
जाडो मौसममा हरकोहीलाई रुघा लाग्ने हुनाले यसबाट आत्तिनु हुँदैन । तर रुघाखोकीलाई सामान्य रुपमा पनि लिन हुँदैन । सामान्य रुपमा लिइएमा गम्भीर अवस्था आउन सक्ने भएकाले बेलैमा ध्यान दिनु आवश्यक छ ।
रुघाखोकीलाई विभिन्न घरेलु उपचार गरेर पनि ठिक गर्न सकिन्छ । तर, घरेलु उपचारबाट पनि ठिक नभएमा चिकित्सकको पनि परामर्श लिनुपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने, मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिन्छन् ।
रुघा लागेमा यी कुराहरुमा ध्यान दिनुहोस्
– रुघा लागेको छ भने चिसो पानीले मुख धुने, नुहाउने र छुने गर्नुहुँदैन । साथै बिहानमा दौडधुप पनि गर्नुहुँदैन ।
– बढी हावा चल्ने ठाउँ, धूलो र धुँवाबाट टाढा रहनुपर्छ । चिसो हावा चलेको बेलामा बाहिर हिड्नुहुँदैन । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र मास्क लगाउने गर्नुपर्छ ।
– रुघा आउँदा ज्वरो आएमा घरमै आराम गरिरहनुपर्छ । यस्तो बेलामा चिसो हावामा निस्कनुहुँदैन ।
– रुघा लागेर नाक बन्द भएमा नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपा राख्ने गर्नुपर्छ । यदि नखुलेमा तेल वा अन्य नोजल ड्रप अर्थात नाक खुलाउने औषधि प्रयोग गर्नुहोस् । नोजल ड्रप बढी उकुसमुकुस भएर सुत्न समस्या भएमा मात्र प्रयोग गर्नुपर्छ ।
– रुघा लागेमा दिनदिन तीन÷चार पटक तातो पानीले बाफ लिने गर्नुपर्छ । जबसम्म निको हुँदैन तबसम्म दिनको ४ पटकसम्म पाँचदेखि सात मिनेटसम्म लिनुपर्छ ।
– रुघा लागेमा बाफ मात्र होइन नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुपछ ।
प्रतिक्रिया