• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

जाडोमा रुघाले सताएमा अपनाउनुहोस् यस्तो घरेलु उपाय, नाक कसरी खुलाउने ?

क्यानाडा नेपाल पौष १६ २०७८
  • 1.2K
    SHARES
  • images
    images
    जाडोमा रुघाले सताएमा अपनाउनुहोस् यस्तो घरेलु उपाय, नाक कसरी खुलाउने ?

    काठमाडौं । मौसममा परिवर्तन आउने क्रममा धेरैलाई रुघाखोकीले सताउने गर्छ । बालबालिका, बृद्धबृद्धा, रोगीलाई मात्रै नभएर वयस्क उमेर समूहकालाई र निरोगीलाई पनि रुघाखोकीले सताउन छोड्दैन । 

    images

    जाडो मौसममा हरकोहीलाई रुघा लाग्ने हुनाले यसबाट आत्तिनु हुँदैन । तर रुघाखोकीलाई सामान्य रुपमा पनि लिन हुँदैन । सामान्य रुपमा लिइएमा गम्भीर अवस्था आउन सक्ने भएकाले बेलैमा ध्यान दिनु आवश्यक छ ।

    रुघाखोकीलाई विभिन्न घरेलु उपचार गरेर पनि ठिक गर्न सकिन्छ । तर, घरेलु उपचारबाट पनि ठिक नभएमा चिकित्सकको पनि परामर्श लिनुपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने, मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिन्छन् । 
     
    रुघा लागेमा यी कुराहरुमा ध्यान दिनुहोस्
    - रुघा लागेको छ भने चिसो पानीले मुख धुने, नुहाउने र छुने गर्नुहुँदैन । साथै बिहानमा दौडधुप पनि गर्नुहुँदैन । 

    - बढी हावा चल्ने ठाउँ, धूलो र धुँवाबाट टाढा रहनुपर्छ । चिसो हावा चलेको बेलामा बाहिर हिड्नुहुँदैन । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र मास्क लगाउने गर्नुपर्छ ।

    - रुघा आउँदा ज्वरो आएमा घरमै आराम गरिरहनुपर्छ । यस्तो बेलामा चिसो हावामा निस्कनुहुँदैन ।

    - रुघा लागेर नाक बन्द भएमा नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपा राख्ने गर्नुपर्छ । यदि नखुलेमा तेल वा अन्य नोजल ड्रप अर्थात नाक खुलाउने औषधि प्रयोग गर्नुहोस् । नोजल ड्रप बढी उकुसमुकुस भएर सुत्न समस्या भएमा मात्र प्रयोग गर्नुपर्छ ।

    - रुघा लागेमा दिनदिन तीन÷चार पटक तातो पानीले बाफ लिने गर्नुपर्छ । जबसम्म निको हुँदैन तबसम्म दिनको ४ पटकसम्म पाँचदेखि सात मिनेटसम्म लिनुपर्छ । 

    - रुघा लागेमा बाफ मात्र होइन नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म  सेक्नुपछ ।  
     


    पौष १६, २०७८ शुक्रवार २१:३१:०२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # रुघाखोकी

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    पाठेघरको क्यान्सरका यस्ता छन् लक्षण र बच्ने उपाय

  • 886
    SHARES
  • पाठेघरको क्यान्सरका यस्ता छन् लक्षण र बच्ने उपाय

    काठमाडौं - पुरुषलाई भन्दा बढी महिलाहरूको प्रजनन् अंगमा बढी रोग लाग्ने गर्छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू हुने गर्छ ।

    images

    पाठेघरको क्यान्सर पनि महिललाई हुने ठुलो रोग हो । महिलाको पाठेघरमा हुने यो समस्याको बेलैमा उपचार गर्न नसके मृत्युको मुखसम्म पनि पुर्याउछ । 

    खासमा पाठेघरमा हुने समस्या बारे समयमै जानकारी हुन नपाउँदा महिलाहरुले यस्तो समस्या भोग्नुपर्ने हुन्छ । तथ्याङ्क अनुसार हरेक ७० महिला मध्ये एक जनालाई पाठेघरको क्यान्सर हुने गर्दछ। पाठेघरको क्यान्सर बंशाणुगत पनि हुने गर्छ । 
      
    कसरी पाठेघरको क्यान्सर महिलामा हुने गर्दछ ?
    पाठेघर भित्र एउटा तह हुन्छ जसलाई फैलोपियन पनि भनिन्छ। गर्भवती भएको समयमा फैलोपियनका कोशिकाहरू असमान्य रूपमा बढ्न थालेपछि क्यान्सर हुन सक्छ। जसका कारण महिलालाई आमा बन्न नसक्ने लगायतको समस्या देखा पर्छ । 

    पाठेघरको क्यान्सरको कारणहरु   
    १. यसको पहिलो कारण महिनावारी समयमा नहुनु साथै महिनावारीमा समस्या देखिनु हो ।   
    २. सेनेटरी प्याडको धेरै लामो समयसम्म प्रयोगले पनि यस्तो समस्या हुने गर्छ । 
    ३. बंशाणुगत ।
    ४. गर्भनिरोधक चक्की, धुम्रपान, मोटोपना र हार्मोनल असन्तुलनका कारण पनि यसको जोखिम बढ्छ।

    पाठेघरको क्यान्सरबाट कसरी बच्ने  
    १. हरियो सागपात,पहेलो फलफुलहरु खाने, बाहिर बजारको खाने कुरा नखाने ।
    २. सेनेटरी प्याडको धेरै लामो समयसम्म प्रयोग नगर्ने, ४(४ घण्टामा सेनेटरी प्याड फेर्ने ।
    ३. कपडा प्रयोग गरे पनि सफा प्रयोग गर्नु पर्दछ, कपडालाई साबुन पानिले धोएर घाममा सुकाउनु पर्दछ। 
    ४.  गर्भनिरोधक चक्की, धुम्रपान, रक्सी धेरै मात्रमा सेवन गर्नुहुँदैन । 


    पौष १९, २०७८ सोमवार २१:२६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाठेघरको क्यान्सर

  • क्यानाडा नेपाल

    स्ट्रेच मार्क्स के हो ? कस्तो अवस्थामा आउँछ ?

  • 460
    SHARES
  • स्ट्रेच मार्क्स के हो ? कस्तो अवस्थामा आउँछ ?

    काठमाडौं - महिलाहरू गर्भवती भएको समयमा विभिन्न समस्याहरु पनि देखा पर्ने गर्छन् । यस्तो अवस्थामा स्ट्रेच मार्कहरू देखिने गर्छ । महिलाहरुको पेट, स्तन, कम्मर, नितम्ब वा शरीरको अन्य ठाउँहरूमा इन्डेन्टेड स्ट्रिक्सहरू देखिने गर्छन् । 

    images

    खासमा यो अन्तिम ट्रिमिस्टरको समयमा अर्थात् गर्भवतीको अन्तिम समयमा आउने गर्दछ । स्ट्रेच मार्कहरू पीडादायी वा हानिकारक हुँदैनन्, तर केही मानिसहरूले आफ्नो छालालाई देखाउन मन पराउँदैनन्। स्ट्रेच मार्कलाई उपचारको आवश्यकता पर्दैन । यो फीका हुदै जान्छ तर पुरा रूपमा हराउन सक्दैनन्।
     
    स्ट्रेच मार्क्सको समस्या धेरैलाई हुने गर्छ । यो समस्या आएको कसरी थाहाँ पाउने
    १. पेट, स्तन, कम्मर, नितम्ब वा शरीरमा अन्य ठाउँहरूमा इन्डेन्टेड स्ट्रिक्स वा रेखाहरू आउने गर्दछ।  
    २. गुलाबी, रातो, कालो, नीलो रेखाहरू आउने गर्दछ। 
    ३. उज्यालो रेखाहरू हल्का रङमा फीका हुन्छन्।  
    ४. शरीरको ठूला भागहरू ढाक्ने  गर्छ, जस्तै पेट, खुट्टा , कमर आदि  

    स्ट्रेच मार्क्सको कारण छाला स्ट्रेचिङ हुनु हो। यस्तो बंशाणुगत, छालामा तनावको डिग्री लगायतको कारणले आउने गर्छ । यो मनिसको हार्मोन कोर्टिसोलको स्तरले पनि भूमिका खेल्न सक्छ। कोर्टिसोल एड्रेनल ग्रंथिहरु द्वारा उत्पादित हार्मोन छालामा लोचदार फाइबर कमजोर बनाउँछ।

    सहित धेरै कारकहरूद्वारा आउने गर्दछ।  यो मनिसको  हार्मोन कोर्टिसोलको स्तरले पनि भूमिका खेल्न सक्छ। कोर्टिसोल  एड्रेनल ग्रंथिहरु द्वारा उत्पादित हार्मोन छालामा लोचदार फाइबर कमजोर बनाउँछ।

    जोखिम कारणहरु :- 
    १. स्ट्रेच मार्क्सको व्यक्तिगत वा पारिवारिक इतिहास भएको गर्भवती हुनु, जवान हुनुहुन्छ भने आउने गर्दछ।  
    २.  यो किशोरावस्थामा तीव्र वृद्धि, चाँडै तौल बढ्ने वा घट्ने हुने गर्दछ।  
    ३. स्तन वृद्धि
    ४. व्यायाम र एनाबोलिक स्टेरोइडहरू प्रयोग गर्दै
    ५. कुशिङ सिन्ड्रोम वा मार्फान सिन्ड्रोम जस्ता आनुवंशिक विकार हुनु।  
    ६. कुनै हानीकरक दवाई सेवन गर्नाले।
     


    पौष २०, २०७८ मंगलवार २१:२७:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

  • 612
    SHARES
  • ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

    काठमाडौं - विश्वका विभिन्न देशमा अहिले कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । यसपटकको लहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तिव्र गतिमा फैलिरहेको समाचारमा सुनिदै आएको छ । भारतमा ओमिक्रोन बढीरहदा यो नेपालमा पनि आउँदैन भन्न सकिदैन । 

    images

    नेपालमा पनि ओमिक्रोनका केही केसहरु देखिएका छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न आग्रह गरिरहेको छ । 

    कोरोनाबाट बच्न हामिले शरिरको म्युनिटी पावर बढाउनु जरुरी हुन्छ । यस भेरियन्टका लक्षण नाकबाट पानी बग्नु, टाउको दुख्नु शरीर गल्नु, हाच्छिउँ र घाँटी दुख्नु हो ।

    इम्युनिटी पावर बढाउन सहयोग गर्ने खानेकुराहरु यस्ता छन्

    १. घिउँ - आयुर्वेदका अनुसार शुद्ध घिउँमा बोसो नगन्य हुन्छ, जसले जाडोमा शरीरलाई न्यानो राख्छ र ऊर्जा दिने गर्दछ। दैनिक १ चम्चा घिउँ खाँदा रोगबाट इम्युनिटी पावर क्षमता पनि बढ्छ । यसलाई दाल, भात, रोटी वा तरकारीसँग खान सकिन्छ ।

    २. गुलियो आलु - विज्ञहरुका अनुसार आलुमा भिटामिन–सी पाइन्छ । जसले शरिरको इम्युनिटी पावर क्षमता बढाउन मद्दत गर्छ । साथै यसमा बिटा क्यारोटिन पनि हुन्छ जुन राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ।  

    ३. अमला - अमला भिटामिन-सी को एक उत्कृष्ट स्रोत हो । जुन प्रतिरक्षा क्षमता बढाउनको लागी धेरै महत्त्वपूर्ण छ। जाडोमा यसको सेवनले रुघा, खोकीबाट बच्न पनि सहयोग गर्दछ  ।  यसलाई जुस, अचाररूपमा लिन सकिन्छ।  

    ४. सखर - सखर जाडो मौसममा सबै भन्दा धेरै सेवन गर्ने एकमात्र खानेकुरा हो। सखरलाई  दैनिक  रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने गछ  । साथै सखर सुगर लागेको बिरामीहरु पनि सजिलै सेवन गर्न सक्छन। यसका साथै खानापछि एक टुक्रा गुड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

    ५. अमिलो फलफूल- जाडोमा सुन्तला, मौसमी, कागती जस्ता अमिलो फलफूल सेवन गर्दा धेरै फाइदा हुने गर्दछ । यी अमिलो फलफूलमा  भिटामिन(सीको  मात्रा धेरै हुने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।


    पौष २१, २०७८ बुधवार २२:०२:३९ बजे : प्रकाशित

    शरीरमा प्रोटिनको कमी पूरा गर्न घरमै यसरी बनाएर खानुहोस् प्रोटीन पाउडर 

  • 710
    SHARES
  • शरीरमा प्रोटिनको कमी पूरा गर्न घरमै यसरी बनाएर खानुहोस् प्रोटीन पाउडर 

    काठमाडौं - हाम्रो शरीरलाई सधै स्वस्थ र बलियो राख्न नियमित तागतिलो खानेकुराहरुको सेवन गर्नु पर्नेहुन्छ । शरीरलाई स्वस्थ राख्न हामिले धेरै प्रकारका भिटामिन, प्रोटिन  भएका खानेकुराहरु खानुपर्छ । 

    images

    यसका लागि मानिसहरु बजारमा सजिलै उपलब्ध हुने भिटामिन, प्रोटिन पाऊडर प्रयोग गर्ने गर्छन् । बजारमा पाइने सबै पाउडर हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने छैन।  

    मानिसको शरीरमा प्रोटिनको कमी पूरा गर्न आजकल मानिसहरु विज्ञको सल्लाह बिना यसको सप्लिमेन्ट चक्की खान थालेका छन् । विशेषगरी जिम जाने वा शरीर बनाउन चाहनेले डर नभई यसको सेवन गर्छन् । तर प्रोटिन पाउडरको सेवनले पनि शरीरलाई हानि पुर्‍याउँने गर्छ । त्यसैले हामिले बजारको भन्दा घरमै प्रोटिन पाउडर बनाएर सेवन गर्नु राम्रो हुन्छ । 

    विज्ञहरूका अनुसार घरमै बनाइने प्रोटिन पाउडर प्राकृतिक सामग्रीको प्रयोग भएकाले स्वस्थ र सुरक्षित हुन्छ । एकै समयमा, प्रोटिन पाउडर किन्न अलि जोखिमपूर्ण हुन सक्छ किनभने  थाहा नहुन सक्छ।  

    प्रोटीन पाउडर बनाउनको लागी चाहिने सामग्री :- ओखर - १०० ग्राम, बदाम - १००  ग्राम, काजू - १०० ग्राम, कद्दू बीउ - १००  ग्राम, सोयाबिन - १००  ग्राम, मखाना  - १०० ग्राम, सेतो तिल - १०० ग्राम
     
    बनाउने तरिका :- 
    १. . सबैभन्दा पहिले सबै चीजहरू बराबर मात्रामा लिएर राम्ररी सफा गर्नुहोस्।
    २.  अब यसलाई भाडोमा राख्नुहोस् र हल्का आगोमा भुट्नुहोस् अनि कम्तिमा ३-४  मिनेटको लागि रातो हुन जेल भुट्नु होस्।   
    ३. यसलाई कम्तिमा ३० मिनेटको लागि चिसो हुन दिनु पर्दछ। 
    ४ . अब सबै सामग्रीहरूलाई मिक्सरमा राख्नुहोस् र तिनीहरूलाई राम्ररी पीस्नुहोस्। 
    ५ . मिठासको लागि तपाईं स्वाद अनुसार चिनी पाउडर, पाउडर गरिएको चिनी क्यान्डी थप्न सक्नुहुन्छ।


    पौष २६, २०७८ सोमवार २१:३७:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रोटीन पाउडर

  • क्यानाडा नेपाल

    भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा

    भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा

    काठमाडौं - हामिहरुले खाना पकाउनुअघि चामललाई पखालेर फ्याकिने पानीलाई चौलानी पानी भन्ने गरिन्छ । धेरैले चौलानी पानीको फाइदा बारे थाहाँ नहुँदै त्यसै फ्याक्ने गर्छन् । तर हामिले फ्याक्ने गरेको चौलानी पानी निकै उपयोगी छ । 

    images

    दिनहुँ फ्याकिने चौलानी पानी हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चौलानी निकै उपयोगी हुने बताएका छन् । चौलानीमा कार्बोहाइड्रेड र अमिनो एसिड प्रशस्त पाइन्छ । एक गिलास चौलानी पानीमा अलिकति मह राखेर पिउने गरेमा स्वास्थ्यलाई फाइदा गर्छ । 

    यस्ता छन् फाइदा
    रक्तचाप नियन्त्रण - चौलानी पानीको सेवन गरेमा रक्तचापको समस्या पनि समाधान हुन्छ । यो दिनदिनै एक गिलास पिएमा उच्च रक्तचापमा फाइदा गर्छ । 

    छाला सफा र चम्किलो - शरिरलाई उर्जा दिने यो पानीले अनुहारका विभिन्न समस्या पनि समाधान गर्छ । चामलको पानीले मुख धोएमा  छाला सफा र चम्किलो हुन्छ । त्यस्तै डण्डीफोर, दाग धब्बा पनि आउन दिदैन । चामलको पानीले सुत्नुअघि आँखाको वरीपरी लगाएमा आँखामा चमक आउछ ।

    शरीरमा पानीको कमी हुन नदिने - चौलानी पानीको पिउने गरेमा शरीरमा पानीको कमी पनि हुँदैन । यसले सबै आवश्यक पोषक पदार्थ दिने गर्छ । त्यसैले यसमा दुध मिसाएर खानु पनि राम्रो हुन्छ । 

    कपालको समस्या समाधान - चौलानी पानीले कपालको समस्या पनि समाधान गर्छ । यदि कपाल झर्ने समस्या छ भने पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्दैन । यसले कपालको जरा बलियो बनाउने गर्छ । 

    हाड बलियो - चौलानी पानी नियमित पिउने गरेमा हाड बलियो हुन्छ । आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुने गर्छ । 

    पाचन प्रक्रिया - दिनहुँ चौलानी पानी पिउने गरेमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ । यसो गर्दा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन्  र पाचन प्रक्रियालाई चुस्त बनाउँछ । यसको सेवनले पानीको कमी हुन नदिई कब्जियतको समस्या पनि समधान गर्छ । 

    तौल घटाउँछ - चौलानी पानी नियमित सेवन गरेमा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि लाग्दैन । जसले तौल घट्छ । बान्ता हुने समस्या छ भने पनि यसको सेवनले समाधान गर्छ । 


    माघ ९, २०७८ आइतवार २१:१०:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

  • 206
    SHARES
  • हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

    काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । 

    images

    नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् ।

    हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । 

    कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् -

    दैनिक ४० मिनेट व्यायाम
    हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

    आफूलाई खुसी राख्नुस्
    हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् । 

    स्तरीय निद्रा सुत्नुस्
    शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ । 

    धुम्रपान र रक्सीबाट बच्नुस्
    डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । 
    त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ । 

    मोडरेसनमा खानुस्
    हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ । 

    नियमित स्वास्थ्य परीक्षण
    फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ । 
     


    माघ ११, २०७८ मंगलवार १४:३९:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल