श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

मनाङमा ३ फिट बाक्लो हिमपात (तस्बिरसहित)



लमजुङ – मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । 

mahh.jpg

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । 

mmn.jpg

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । 

himpat mugu.jpg

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी  बल नेपाल  पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए । 

j.jpg

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

manag.jpg

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

md.jpg

mm.jpgmfh.jpg

man.jpg

प्रकाशित मिति : पुस १४, २०७८ बुधबार  ६ : ४३ बजे