काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो विवाहबारे खुलासा गरेकी छन् । निर्माता छविराज ओझासँग सम्बन्ध तोडिएपछि विवाह बन्धनमा नबाधिँएकी रेखाले एक अन्तवार्तामा विवाह बारे कुरा गरेकी छिन् ।
उनले एक टेलिभिजन अन्तवार्तामा पत्रकारसँग आफूले २०७९ भित्र विवाह गर्ने बताइन् । आफू केटाको खोजीमा रहेको बताउदै उनले आफू जस्तै मन र कुरा मिल्ने केटासँग विवाह गर्ने बताइन् । उनले विवाह गर्ने व्यक्ति इन्डस्ट्रीभन्दा बाहिरको हुने पनि बताइन् ।
उनले आफू देशको साधारण मानिस भएकाले आफ्नो विवाह पनि धुमधामले नभई साधारण तरिकाले गर्ने बताइन् । उनले आफ्नो लभ र एरेन्ज दुवै हुने कुरा पनि खुलाइन् । उनले आफूले सोचेजस्तै केटाको खोजीमा रहेको र पाएमा तुरुन्त विवाह गर्ने कुरा गरिन् ।
प्रतिक्रिया