• Aug 15 2020 | २०७७, श्रावण ३१गते

२०७७, श्रावण ३१गते

यो साता चर्चामा:

सागको भव्य उद्घाटनमा आतशबाजी देखि नेपालीको हेर्नैपर्ने मनमोहक प्रस्तुति

मंसिर १५ २०७६
  • 3.5K
    SHARES
  • सागको भव्य उद्घाटनमा आतशबाजी देखि नेपालीको हेर्नैपर्ने मनमोहक प्रस्तुति

    काठमाडौँ । पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिनुभएको छ । 

    खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नुभएको थियो । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाउनुभएको थियो । 

    \"\"

    \"\"

    त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो । 

    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि  प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"

    \"\"


    मंसिर १५, २०७६ आइतवार १५:२७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    क्रिकेटर महेन्द्रसिंह धोनीले जिते कोरोना 

  • 176
    SHARES
  • क्रिकेटर महेन्द्रसिंह धोनीले जिते कोरोना 

    काठमाडौं - चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । भारतिय राष्ट्रिय क्रिकेट टिम तथा चेन्नई सुपर किङ्गसका कप्तान समेत रहेका धोनीको बुधबार गरिएको कोरोना परिक्षमा रिपोर्ट नेगेटिभ आएका भारतिय मिडियामा जनाइएको छ । 

    उनको नमुना संकलन राँचीको गुरु नानक अस्पतालका माइक्रो प्रैक्सिस प्रयोगशालाका प्राविधिक टोलीले गरेको थियो । अब उनी आइपीएलको लागि १४ अगष्टमा चेन्नई जाने सम्भावना रहेको छ । 

     


    श्रावण ३०, २०७७ शुक्रवार ०८:५०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेन्द्रसिंह धोनी
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    के बार्सिलोना जालान् रोनाल्डो ?

  • 440
    SHARES
  • के बार्सिलोना जालान् रोनाल्डो ?

    काठमाडौं - युभेन्टसले स्पेनिस क्लब बार्सिलोनालाई विश्व चर्चित खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अफर गरेको छ । युभेन्टसले रोनाल्डोलाई  क्लबमा अनुबन्ध गर्न भन्दै बार्सिलोनालाई प्रस्ताव गरेको हो । 

    ronaldo.jpg

    यसअघि क्रिस्टियानो रोनाल्डो रियल म्याट्रिडमा ९ बर्ष बताएर युभेन्टसमा २०१८ मा गएका थिए । उनी खेलेको दुई सिजनमा पनि युभेन्टसलाई  रोनाल्डोले च्याम्पियन्स लिग जिताउन सकेनन् । 

    ronaldo.jpg

    गएको सिजनमा क्वार्टरफाइनलबाट नै युभेन्टस बाहिरिन पुग्यो । यदि बार्सिलोनाले प्रस्ताव स्वीकारेमा रोनाल्डो र लियोनेल मेस्सी एउटै क्लबमा सँगै खेल्नेछन् । 

    यी दुई खेलाडी १४ बर्षदेखी खेल क्षेत्रमा चर्चामै रहेका छन् । रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका रोनाल्डोले अहिलेसम्म महँगो तलब बुझ्दै आएका छन् ।

     
     


    श्रावण २९, २०७७ बिहिवार १९:४३:५३ बजे : प्रकाशित

    सानदार जित निकाल्दै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

  • 1.0K
    SHARES
  • सानदार जित निकाल्दै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

    काठमाडौं - गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले एटलान्टालाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । 

    उक्त खेलमा को २६ औं मिनेटमा एटलान्टाका पासालिगले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा पीएसजीका मार्किन्होसले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खलको थप समयमा पीएसजीका  चाउपो मोटिङले गोल गरे । जितसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

    psg.png


    श्रावण २९, २०७७ बिहिवार ०७:३३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • # पीएसजी

  • क्यानाडानेपाल डेस्क

    बार्सिलोनाका एक खेलाडीमा देखियो कोरोना संक्रमण

  • 618
    SHARES
  • बार्सिलोनाका एक खेलाडीमा देखियो कोरोना संक्रमण

    काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    प्रिसिजन लागि तयार गरिएको ९ जना खेलाडीमध्ये एक जनामा संक्रमण देखिएको हो । उक्त खेलाडीलाई कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको जनाइएको छ । 

    प्रिसिजनका ९ खेलाडीहरु भर्खरै  बार्सिलोनामा अनुबन्ध भएका थिए । प्रशिक्षण सुरु हुनुअघि फेरि एक पटक कोरोना परिक्षण गरिने बताइएको छ । 
     


    श्रावण २८, २०७७ बुधवार २२:३३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    युरोपा लिगमा लुकाकुले राखे यस्तो नयाँ कीर्तिमान

  • 212
    SHARES
  • युरोपा लिगमा लुकाकुले राखे यस्तो नयाँ कीर्तिमान

    काठमाडौं - चर्चित खेलाडी तथा इन्टरमिलानका रोमेलु लुकाकुले युरोपा लिगमा नयाँ कीर्तिमान राखेका छन् । उनले यस लीगमा लगातार गोल गरेर नयाँ र्कीिर्तमान राखेका हुन् ।

    उनले सोमबार भएको लिभरकुसेनसँगको खेलमा पनि गोल गरेका थिए । सोमबार भएको उक्त लीगको क्वार्टरफाइनल खेलमा रोमेलुको गोलमा इन्टरमिलान सेमिफाइनलमा पुगेको छ ।

    उक्त खेलमा गरेको गोलसँगै यस सिजनमा उनको व्यक्तिगत ३१औं गोल पुगेको हो । यससगै उनी यूएफा कप वा युरोपा लिगमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।  

    lukaku.jpg


    श्रावण २८, २०७७ बुधवार १३:३६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रोमेलु लुकाकु
  • # युरोपा लिग
  • # इन्टरमिलान

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

  • 272
    SHARES
  • सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा स्पेनिस ला लिगा क्लब सेभिल्लाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सेभिल्लाले प्रीमियर लिग क्लब वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो । 

    जितसँगै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा  सेभिल्लालाई जित दिलाउन लुकास ओकाम्पसले गोल गरे । 

    उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा गोल गरी सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । 

     


    श्रावण २८, २०७७ बुधवार ०७:२०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • # सेभिल्ला
  • # वुल्भ्स

  • क्यानाडानेपाल डेस्क