• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

कपाल नबढेर तनावमा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु उपाय

  • 772
    SHARES
  • images
    images
    कपाल नबढेर तनावमा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु उपाय

    काठमाडौं - हरेक महिलालाई कालो, लामो र स्वस्थ कपाल बनाउन रहर हुन्छ। तर विभिन्न कारणले कपाल लामो र कालो बनाउन सम्भव हुदैन। अहिलेको आधुनिक समयमा आधुनिक प्रविधिले कपाल लामो बनाउन सकिन्छ तर यो त्यति फलदायी हुदैन। 

    images

    कपाल टुक्रिने, झर्ने, हाँगा पलाउने, कपाल लामो नहुने आदि समस्या हुनेगर्छ। यस्तै समस्याबाट महिला र पुरुष दुवै पिडित छन्। यदि तपाईहरु पनि आफ्नो कपाल कालो, लामो र स्वस्थ बनाउन चाहानुहुन्छ भने ती उपाय घरमै अपनाउन सकिन्छ । 

    १. सुद्ध तोरीको तिल - घरमा भएको सुद्ध तोरीको तेल प्रयोग गर्दा कपाल लामो र कालो हुने गर्छ। हप्ताको २ चोटी कपाल नुहाउनु अगाडी तेलको प्रयोग गर्दा धेरै राम्रो हुन्छ।  यसले कपाल झर्नबाट र लामो कपाल बनाउनमा धेरै सहयोग गर्छ । 

    २. पत्ता मेहेंदी - घरमै उपलब्ध हुने पत्ता मेहेंदीलाई मसिनो गरी पिसेर प्रयोग गर्दा कपाल मुलायम हुनुको साथै कपाल चम्किलो पनि हुन्छ। पत्ता मेहेंदी १५ १५ दिनमा प्रयोग गर्दा धेरै राम्रो हुन्छ । 

    ३. मेथी - मेथी हाम्रो घरमा सजिलै उपलब्ध हुने चीज हो। मेथीले कपाललाई स्वस्थ राख्न पनि सहयोग पुर्याउछ । मेथी प्रयोग गर्ने विधि अरु भन्दा बेग्लै हुने गर्दछ।  यसलाई सुरुमा २ रात देखि ३ रातसम्म पानिमा भिजाएर फुल्न दिनुपर्दछ। भिजेपछी मेथीलाई मसिनो परेर सेलौटामा पिसेर कपालको जरामा लगाउनु पर्दछ। कपाल  २ घन्टासम्म मेथीलाई सुक्न दिनुपर्दछ र सुकेपछि चिसो पानिले कपाललाई पखाल्नु पर्दछ।  यसो गर्दा कपाललाई भिटामिन सी साथै मुलायम बनाउन सहयोग पुग्छ । 

    ४. प्याजको रस - प्याजको रसले पनि हाम्रो कपाल बाक्लो बनाउनुको साथै मोटो पनि बनाउछ। प्याजलाई मसिनो गरी काटेर मिक्सचरमा पिस्ने र रस लगाउनु कपालमा लगाउनु पर्दछ। यसलाई १ महिनामा एकचोटी प्रयोग गर्दा राम्रो हुन्छ।  

    ५. अदुवाको रस - अदुवाको रसले पनि प्याजको रसको जस्तै काम गर्छ । यसले कपाल मोटो बनाउनुको साथै कपालको वजन बढाउने गर्दछ। अदुवालाई मसिनो परेर मिकसरमा पिसेर,रस प्रयोग गर्नुपर्दछ। यो महिनामा १ चोटी प्रयोग गर्दा राम्रो हुन्छ । 

    ६. अन्डा - अन्डा कपालमा लगाउदा धेरै फाइदा गर्छ। कपालमा अन्डाको सेतो भाग लगाउनु पर्दछ। अन्डा कपालमा लगाएपछि सुक्नदिनु पर्दछ र पछि चिसो सफा पानिले पखाल्नुपर्दछ।  
     


    पौष ७, २०७८ बुधवार २१:०९:४६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # लामो कपाल

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

  • 612
    SHARES
  • ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

    काठमाडौं - विश्वका विभिन्न देशमा अहिले कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । यसपटकको लहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तिव्र गतिमा फैलिरहेको समाचारमा सुनिदै आएको छ । भारतमा ओमिक्रोन बढीरहदा यो नेपालमा पनि आउँदैन भन्न सकिदैन । 

    images

    नेपालमा पनि ओमिक्रोनका केही केसहरु देखिएका छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न आग्रह गरिरहेको छ । 

    कोरोनाबाट बच्न हामिले शरिरको म्युनिटी पावर बढाउनु जरुरी हुन्छ । यस भेरियन्टका लक्षण नाकबाट पानी बग्नु, टाउको दुख्नु शरीर गल्नु, हाच्छिउँ र घाँटी दुख्नु हो ।

    इम्युनिटी पावर बढाउन सहयोग गर्ने खानेकुराहरु यस्ता छन्

    १. घिउँ - आयुर्वेदका अनुसार शुद्ध घिउँमा बोसो नगन्य हुन्छ, जसले जाडोमा शरीरलाई न्यानो राख्छ र ऊर्जा दिने गर्दछ। दैनिक १ चम्चा घिउँ खाँदा रोगबाट इम्युनिटी पावर क्षमता पनि बढ्छ । यसलाई दाल, भात, रोटी वा तरकारीसँग खान सकिन्छ ।

    २. गुलियो आलु - विज्ञहरुका अनुसार आलुमा भिटामिन–सी पाइन्छ । जसले शरिरको इम्युनिटी पावर क्षमता बढाउन मद्दत गर्छ । साथै यसमा बिटा क्यारोटिन पनि हुन्छ जुन राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ।  

    ३. अमला - अमला भिटामिन-सी को एक उत्कृष्ट स्रोत हो । जुन प्रतिरक्षा क्षमता बढाउनको लागी धेरै महत्त्वपूर्ण छ। जाडोमा यसको सेवनले रुघा, खोकीबाट बच्न पनि सहयोग गर्दछ  ।  यसलाई जुस, अचाररूपमा लिन सकिन्छ।  

    ४. सखर - सखर जाडो मौसममा सबै भन्दा धेरै सेवन गर्ने एकमात्र खानेकुरा हो। सखरलाई  दैनिक  रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने गछ  । साथै सखर सुगर लागेको बिरामीहरु पनि सजिलै सेवन गर्न सक्छन। यसका साथै खानापछि एक टुक्रा गुड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

    ५. अमिलो फलफूल- जाडोमा सुन्तला, मौसमी, कागती जस्ता अमिलो फलफूल सेवन गर्दा धेरै फाइदा हुने गर्दछ । यी अमिलो फलफूलमा  भिटामिन(सीको  मात्रा धेरै हुने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।


    पौष २१, २०७८ बुधवार २२:०२:३९ बजे : प्रकाशित

    पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० करोड लगानीमा मोडुलर ओटी सञ्चालन, निजीस्तरमा नेपालमै पहिलो

  • 962
    SHARES
  • पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० करोड लगानीमा मोडुलर ओटी सञ्चालन, निजीस्तरमा नेपालमै पहिलो

    काठमाडौं । झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको  युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ ।

    images

    पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको जानकारी कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिएका छन् । आज एक कार्यक्रम मार्फत उक्त अपरेसन थिएटर संचालन मा ल्याईएको हो । अपरेसन थिएटरका लागि अस्पताल भवनको एउटा पूरै तला प्रयोगमा ल्याइएको छ ।

    modularotnews1.jpg

    कार्यकारी निर्देशक दुर्गा प्रसाईं का अनुसार जर्मनीबाट ल्याइएको पाँचवटा मोडुलर अपरेसन थिएटर स्थापना र सञ्चालनका लागि झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको छ । उक्त थिएटर कुनै पनि संक्रमणबाट मुक्त रहने भएर ढोकाहरु सेन्सरबाट खुल्ने, बन्द हुने बनाइएको छ ।

    कलेजो, फोक्सो प्रत्यारोपणको लागि मोडुलर थिएटर अत्यावश्यक पर्ने भएकाले अस्पताल ले उक्त थिएटर संचालन मा ल्याएको जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरीले बताएका छन् । अत्याधुनिक साधनसहितको मोडुलर अपरेसन थिएटर सञ्चालनमा आएपछि बिएन्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पताल अंग प्रत्यारोपणका लागि आत्मनिर्भर भएको समेत गिरी ले उल्लेख गरेका छन् ।

    कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बिर्तामोडलाई मेडिकल टुरिजम को रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको सुनाए । उनले विदेशी मुलुकबाट पनि मिर्गौलालगायत अंग प्रत्यारोपणको लागि बिरामीको चाप बढ्ने विश्वास लिएको बताए ।

    modularotnews2.jpg

    नेपालमा यसअघि सरकारीस्तरमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणको लागि नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याएको थियो ।


    पौष २२, २०७८ बिहिवार १६:४६:४९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    १० महिनादेखी खोरमा थुनिएका बालकको उद्दार गर्यो बिएन्डसी अस्पतालले

  • 946
    SHARES
  • १० महिनादेखी खोरमा थुनिएका बालकको उद्दार गर्यो बिएन्डसी अस्पतालले

    काठमाडौं । झापाको अर्जुनधारामा एक बालक महिनादेखि उपचारको अभावमा १० महिनादेखि काठको खोरमा बसिरहेका थिए । उक्त बालकको जानकारी पाएपछि बिर्तामोडको बिएन्डसी हस्पिटलले उनको घर पुगेर उद्दार गर्दै निःशूल्क उपचार गर्ने भएको छ ।

    images

    अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको बिएन्डसीले निःशूल्क उपचार गर्न खोरबाट उद्दार गरेको हो । जन्मदेखि नै बोली नआएको बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ ।

    बिर्तामोडको बिएन्डसी हस्पिटलले उक्त बालकको निःशूल्क उपचार गर्ने भएको छ । शुक्रबार खोरबाट उद्दार गर्दै बिएन्डसी हस्पिटलले उपचार गरिदिन लगेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं आफै पुगेर बालकको उद्दार गर्न सहयोग गरेका थिए ।

    bncdpnewspic.jpg

    खेती किसानी गर्ने दाहाल परिवारलाई काम गर्न असहज भएपछि बाध्य भएर खोरमा राख्न थालिएको उनकी आमा चम्पा दाहालले सुनाइन् । छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगाएको पनि उनले सुनाइन् ।

    लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईले रोष प्रकट गरे । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे ।

    ‘यो छोरा तपाईको होइन, अब हाम्रो पनि छोरा हो, उपचार गरेर घर ल्याइदिन्छौँ ‘, बालकको परिवारलाई उनले आश्वस्त पारेका छन् । उनले भने, ‘कोही पनि पैसा नभएर उपचार पाएका छैनन् भने हामीलाई खबर गर्नुहोला ।’


    पौष २३, २०७८ शुक्रवार १७:४५:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ, संक्रमित भएमा के गर्ने ?

    ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ, संक्रमित भएमा के गर्ने ?

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । 

    images

    उच्चदरमा फैलिएको ओमिक्रोन बारे अहिले धेरैलाई जान्ने इच्छा छ । यसैबीच डा. रवीन्द्र पाण्डेले ओमिक्रोन संक्रमित भएमा के उपाय अपनाउने भन्ने बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
     
    अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलावट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।
     
    १. कडा रुघा वा जीउ दुख्ने र जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

    २. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने र पटक्कै नआत्तिने।  खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

    ३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने र मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।

    ४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।

    ५.इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने ।

    ६. ज्वरो आएमा र टाउको दुखेमा र शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट र कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घांटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

    ७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने । ८. अक्सिमिटरले अक्सिजन नापिरहने ।

    ९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।

    १०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।


    माघ २, २०७८ आइतवार २१:३०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा

    भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा

    काठमाडौं - हामिहरुले खाना पकाउनुअघि चामललाई पखालेर फ्याकिने पानीलाई चौलानी पानी भन्ने गरिन्छ । धेरैले चौलानी पानीको फाइदा बारे थाहाँ नहुँदै त्यसै फ्याक्ने गर्छन् । तर हामिले फ्याक्ने गरेको चौलानी पानी निकै उपयोगी छ । 

    images

    दिनहुँ फ्याकिने चौलानी पानी हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चौलानी निकै उपयोगी हुने बताएका छन् । चौलानीमा कार्बोहाइड्रेड र अमिनो एसिड प्रशस्त पाइन्छ । एक गिलास चौलानी पानीमा अलिकति मह राखेर पिउने गरेमा स्वास्थ्यलाई फाइदा गर्छ । 

    यस्ता छन् फाइदा
    रक्तचाप नियन्त्रण - चौलानी पानीको सेवन गरेमा रक्तचापको समस्या पनि समाधान हुन्छ । यो दिनदिनै एक गिलास पिएमा उच्च रक्तचापमा फाइदा गर्छ । 

    छाला सफा र चम्किलो - शरिरलाई उर्जा दिने यो पानीले अनुहारका विभिन्न समस्या पनि समाधान गर्छ । चामलको पानीले मुख धोएमा  छाला सफा र चम्किलो हुन्छ । त्यस्तै डण्डीफोर, दाग धब्बा पनि आउन दिदैन । चामलको पानीले सुत्नुअघि आँखाको वरीपरी लगाएमा आँखामा चमक आउछ ।

    शरीरमा पानीको कमी हुन नदिने - चौलानी पानीको पिउने गरेमा शरीरमा पानीको कमी पनि हुँदैन । यसले सबै आवश्यक पोषक पदार्थ दिने गर्छ । त्यसैले यसमा दुध मिसाएर खानु पनि राम्रो हुन्छ । 

    कपालको समस्या समाधान - चौलानी पानीले कपालको समस्या पनि समाधान गर्छ । यदि कपाल झर्ने समस्या छ भने पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्दैन । यसले कपालको जरा बलियो बनाउने गर्छ । 

    हाड बलियो - चौलानी पानी नियमित पिउने गरेमा हाड बलियो हुन्छ । आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुने गर्छ । 

    पाचन प्रक्रिया - दिनहुँ चौलानी पानी पिउने गरेमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ । यसो गर्दा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन्  र पाचन प्रक्रियालाई चुस्त बनाउँछ । यसको सेवनले पानीको कमी हुन नदिई कब्जियतको समस्या पनि समधान गर्छ । 

    तौल घटाउँछ - चौलानी पानी नियमित सेवन गरेमा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि लाग्दैन । जसले तौल घट्छ । बान्ता हुने समस्या छ भने पनि यसको सेवनले समाधान गर्छ । 


    माघ ९, २०७८ आइतवार २१:१०:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

  • 206
    SHARES
  • हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

    काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । 

    images

    नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् ।

    हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । 

    कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् -

    दैनिक ४० मिनेट व्यायाम
    हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

    आफूलाई खुसी राख्नुस्
    हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् । 

    स्तरीय निद्रा सुत्नुस्
    शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ । 

    धुम्रपान र रक्सीबाट बच्नुस्
    डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । 
    त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ । 

    मोडरेसनमा खानुस्
    हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ । 

    नियमित स्वास्थ्य परीक्षण
    फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ । 
     


    माघ ११, २०७८ मंगलवार १४:३९:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल