असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना हुँदै, गगन, मीनेन्द्र र विश्वप्रकाशको भीडन्त



काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ । 

महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् ।  महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा  उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति : पुस १, २०७८ बिहीबार  १ : ३२ बजे