असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

प्रकाशमानलाई अर्को महाधिवेसनमा सभापतिको अफर, देउवालाई समर्थन गर्न सक्ने



काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । दोश्रो चरणको निर्वाचन हुने भएपछी अहिले शेरबहादुर देउवाको दूत बनेर बालकृष्ण खांडले दौड धूप सुरु गरेका छन् ।

बालकृष्ण खांड आज बिहान प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेर प्रकाशमानलाई सभापतिको अफर गर्दै अबको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्न आग्रह गरेका छन् । प्रकाशमान सिंहसंग ३७१ भोट भएको कारण यदि निधि र प्रकाशमानले शेखर कोईरालालाई समर्थन गरे देउवाले हार्ने निश्चित भएका कारण नेता खांड बिहानै चाक्सीबारी पुगेका हुन् ।

प्रकाशमान र विमलेन्द्र निधिको अग्नी परिक्षा आज हुँदै प्रकाशमान र विमलेन्द्र निधिको अग्नी परिक्षा आज हुँदै

श्रोतका अनुसार खांडले देउवाको तर्फबाट अर्को महाधिवेसनमा प्रकाशमानलाई सभापतिको अफर गरेका छन् । प्रकाशमान सिंहलाई अर्को महाधिवेसनमा सभापतिको रुपमा अगाडी बढाउने र देउवाले समर्थन गर्ने भन्दै यो पल्ट देउवालाई दोहोर्याउन सहयोग गरिदिन खांडले प्रस्ताव गरेर फर्किएका छन् ।

प्रकाशमान सिंहको काठमाडौंमा राम्रो पकड रहेको तर काठमाडौं बाहिर जिल्लामा राम्रो पकड नभएको कारण देउवाले यो कार्यकालमा प्रकाशमानलाई अर्को पल्टको सभापतिको रुपमा तयार हुन सहयोग गर्ने वाचा गर्दै प्रकाशमानलाई फकाएका छन् ।

प्रकाशमान सिंहले खांडको प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रकाशमान सिंहले देउवालाई समर्थन गरे शेरबहादुर देउवाको जित निश्चित हुनेछ । विमलेन्द्र निधिले भने आफू शेखर कोईरालालाई नै समर्थन गर्ने भनेका छन् । 

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ४ : १२ बजे