काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्याउन नसक्दा पुनः मतदान हुने भएको छ ।
अब हुने दोश्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोईरालाबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा निर्णायक भनेको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिको भोट हुनेछ ।
प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिको उमेद्द्वार दिनुको मुख्य कारण सभापति शेरबहादुर देउवाको काम प्रति असन्तुष्टी थियो । प्रकाशमान र निधिले धेरै ठाउँमा अब कांग्रेसलाई अघि बढाउन शेरबहादुर देउवाले सभापतिबाट विश्राम लिनुपर्छ भनेका थिए । देउवा विरुद्ध सभापतिमा लड्न प्रकाशमान र निधि आएका थिए तर यी दुवैलाई शेखर कोईरालाले रेसबाट बाहिर पारिदिए ।
प्रकाशमानलाई अर्को महाधिवेसनमा सभापतिको अफर, देउवालाई समर्थन गर्न सक्ने
तर अबको रेसमा भने यी दुई नेता कै भोट निर्णायक हुने देखिन्छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको अग्नी परिक्षा आजको चुनावमा हुनेछ । विमलेन्द्र निधिको भोट शेखर कोईरालालाई गएपनि शेखरलाई जित्न गाह्रो छ तर प्रकाशमान सिंहले पनि दिए मात्र शेखरले जित्न सक्छन् । यदी निधि वा प्रकाशमान कसैले पनि देउवालाई समर्थन गरेमा देउवाको जित पक्का छ ।
सभापतिको रेसमा देउवा विरुद्ध बोलेर नै आएका प्रकाशमान र निधिले अब देउवालाई हटाएर नयाँ सभापति कांग्रेसलाई दिन्छन कि दिदैनन् भन्ने प्रष उठेको छ । देउवाले कांग्रेसलाई दोश्रो पार्टी बनाए र अहिले कांग्रेसको हविगत पनि देउवा कै कारण भन्दै निधि र प्रकाशमान बोल्दै आएका थिए । अब यी दुईको निर्णायक मत कत्ता झर्छ भन्ने आजको चुनावले देखाउंछ ।
शेरबहादुर देउवाको दूत बनेर बालकृष्ण खांड अहिले प्रकाशमान सिंहको निवास पुगिसकेका छन् । प्रकाशमानले शेखरलाई समर्थन नगरेमा देउवाको जित पक्का भएको कारण प्रकाशमान फकाउन खांड पुगिसकेका छन् ।
प्रतिक्रिया