असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

कांग्रेस महाधिवेशन : चार हजार ३ सयले गरे मतदान



काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानमा चार हजार ३०० मत खसेको छ।

सोमबार राति साढे ९ बजेसम्ममा चार हजार ३ सय मत खसेको कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । 

राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा जारी मतदानमा चार हजार ७४३ जना प्रतिनिधि रहेका छन् ।  एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 
 

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  ४ : ११ बजे