काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान जारी रहेको छ । महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यका अनुसार निर्वाचनमा राति १० बजेसम्म जारी रहने छ ।
कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । मतदानका लागि एक जना प्रतिनिधिलाई करिब आधा घण्टाभन्दा बढी समय लागेको जनाइएको छ ।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिए दिउँसो १२ बजेदेखि मात्रै मतदान सुरु भएको थियो । जसकार अहिलेसम्म पनि मतदान नसकिएको हो ।
यसअघि निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने जनाए पनि फेरि अर्को सूचना जारी गरेर राति १० बजेसम्म समय थप गरिएको छ ।
प्रतिक्रिया