• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने 

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 532
    SHARES
  • images
    images
    भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने 

    काठमाडौं - भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको लागि दक्षिण अफ्रिकाले २१ सदस्यीय टोली घोषणा गरेको छ । 

    images

    भारतविरुद्ध डीन एल्गरको कप्तानीमा दक्षिण अफ्रिका मैदान उत्रँदा टोलीमा डुआन ओलिभियरले पुनरागमन गर्नेछन् । उनले सन् २०१९ मा अन्तिम पटक श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए । 

    कप्तान डीन एल्गरले आफ्नो कप्तानीमा पहिलो पटक घरेलु मैदानमा खेल्दैछन् ।  यसअघि गत जुनमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २–० ले टेस्ट आफ्नो पक्षमा पारेको थियो । 

    सिसन्दा मगला र रायन रिकेल्टनले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । यस्तै ग्लेन्टन स्टुरम्यान र प्रिनेलन सुब्रयेन समेत टोलीमा छन् । 

    दक्षिण अफ्रिका र भारतबीच तिन टेस्ट र तिन एकदिवसीय शृङ्खला चल्नेछ । टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । यस्तै तिन एकदिवसीय खेल भने १९ देखि २३ जनवरीसम्म हुनेछ । 

    दक्षिण अफ्रिकन टिम

    डीन एल्गर (कप्तान), टेम्बा बावुमा (उपकप्तान), क्विन्टन डि कक (विकेट किपर), कागिसो रबाडा, सारेल एरवी, बेउरान हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, लुंगी एनगिडी, एडेन मार्कराम, वायन मुल्डर, एनरिक नोटर्ज, कीगान पिटरसन, रसीई भान डेर डुसेन, काईल भेरेनी, मार्को जेन्सेन, ग्लेनटन स्टुरम्यान, प्रेनेलन सुब्रायन, सिसान्डा मगला, रायन रिकेल्टन, डुआन ओलीभर 


    मंसिर २१, २०७८ मंगलवार १८:५०:३५ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    पाकिस्तानका अफ्रिदी 'आईसीसी क्रिकेटर अफ दि इयर ' घोषित

  • 170
    SHARES
  • पाकिस्तानका अफ्रिदी 'आईसीसी क्रिकेटर अफ दि इयर ' घोषित

    काठमाडौं - पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् ।  सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे ।

    images

    गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे । टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे ।

    पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए । गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए ।

    विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो । चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए ।


    माघ १०, २०७८ सोमवार २०:१०:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

  • 166
    SHARES
  • मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

    काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

    images

    १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

    दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 


    माघ ११, २०७८ मंगलवार १८:२६:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश

  • 126
    SHARES
  • सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौ - नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।

    images

    त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए । खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए । 

    अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ । गए राति नै भएको खेलमा विजयी हुँदै मोराेक्को अन्तिम आठमा प्रवेश गरेकाे छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोराेक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेकाे हाे  । 

    मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोराेक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।


    माघ १२, २०७८ बुधवार ०९:२०:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय टोलीमा स्थान बनाउने यी हुन् नौ नयाँ अनुहार 

  • 182
    SHARES
  • राष्ट्रिय टोलीमा स्थान बनाउने यी हुन् नौ नयाँ अनुहार 

    काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली घोषणा गरेको छ ।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । जहाँ उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौ खेलाडीलाई नै स्थान दिएका छन् । 

    images

    नयाँ खेलाडीमाध्ये गोलरक्षकमा टिकेन्द्र थापा, शत्रुघन चौधरी, मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ, आशिष राई, सुशिल राई फरवार्डमा कृतिश रत्न छुन्जु र प्रशान्त अवस्थी रहेका छन् । यस्तै, प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई पुनरागमन गराएका छन् ।  

    टिकेन्द्र थापा
    गोलरक्षक टिकेन्द्र नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यवसयिक फुटबल खेलिरहेका टिकेन्द्रले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् । अघिल्ला दुई लिग समेत जावलाखेलबाट खेलेका टिकेन्द्रले पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा भने धनगढी एफसीमा आवद्ध भए पनि अवसर पाएनन् । 

    शत्रुघन चौधरी
    विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसका समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५, ०७६ सालकाे लिगमा समेत पुलिसको गोलपोष्ट समाल्हेका छन् । पहिलो फ्रेन्चाईज सुपर लिगमा भने शत्रुघनले बुटवल लुम्बिनी एफसीबाट दोस्रो रोजाइमा रहेर खेले । 

    सुदिप गुरुङ
    सुदिप गुरुङ समेत राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलो पटक जारी सहिद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामाे सट प्रहार गर्न र विपक्षी रक्षापंक्तिमा दबाब बढाउन सिपालु छन् । ए डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट बी डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन उच्च छ । 

    आकाश बुढा मगर
    आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाश पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू-१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् । 

    नवीन गुरुङ
    न्यू रोड टिम एनआरटीका नवीन पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । युवा नवीन लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्न माहिर छन् । 

    आशिष राई
    आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए । 

    सुशिल राई
    जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुने सुशिल राई । सातदोबाटोका लागि खेलिरहेका सुशिललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशिल पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । 

    कृतिश रत्न छुन्जु
    जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतिश पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा न्युरोड टिम एनआरटीबाट अग्रपंक्तिमा खेलिरहेका कृतिशले मैदानमा भने कम अवसर पाएका छन् । कृतिश नेपाली फुटबलले पाएको नयाँ नाम समेत हो । 

    प्रशान्त अवस्थी
    जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थी पहिलो पटक राष्ट्रिय टोलीमा कल भएका थिए । प्रशिक्षक अब्दुल्लाहको सुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए । 
     


    माघ १२, २०७८ बुधवार १३:२९:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश   

  • 110
    SHARES
  • इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश   

    काठमाडौं - अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    images

    अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोराेक्को अन्तिम आठमा पुगिसकेको छ ।

    मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेकाे छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

    पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेकाे हाे ।  अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।

     


    माघ १३, २०७८ बिहिवार ०७:५३:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पूर्वकप्तान हरि खड्काविरुद्ध लगाइएको मुद्दा के हो ?

  • 146
    SHARES
  • पूर्वकप्तान हरि खड्काविरुद्ध लगाइएको मुद्दा के हो ?

    काठमाडौँ - पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा मुद्दा दायरनेपाली फुुटबलको राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    आयोगका अनुसार खड्काले पेश गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकूद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

    आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ । उक्त प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।रासस


    माघ १३, २०७८ बिहिवार ०८:३४:४१ बजे : प्रकाशित


    क्यानाडा नेपाल