• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 574
    SHARES
  • images
    images
    दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

    कपिलवस्तु - कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए । ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए । एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा  ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन् । रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि बेपत्ता भएपछि सुनार परिवार चिन्तित बनेका छन् ।

    images

    भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन् । ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए । दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए । नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए । 

    उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए । पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरा पछि गर्ने कुराकानी भएको बताइन् । यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनि ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए । उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए ।

    कतै नभेटिए पछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ । 

    दुबई आउने भन्दै गोविन्दले  दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन् । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ । गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ ।

     


    मंसिर २१, २०७८ मंगलवार १७:५८:२४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    सरकारविरुद्ध एनआरएनए अदालतमा

  • 582
    SHARES
  • सरकारविरुद्ध एनआरएनए अदालतमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।

    images

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । 

    संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । 

    सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

    संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए ।

    पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आआफ्नो भनाइहरू राखेका थिए । 


    मंसिर ११, २०७८ शनिवार १९:५०:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

  • 574
    SHARES
  • दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

    कपिलवस्तु - कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए । ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए । एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा  ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन् । रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि बेपत्ता भएपछि सुनार परिवार चिन्तित बनेका छन् ।

    images

    भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन् । ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए । दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए । नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए । 

    उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए । पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरा पछि गर्ने कुराकानी भएको बताइन् । यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनि ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए । उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए ।

    कतै नभेटिए पछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ । 

    दुबई आउने भन्दै गोविन्दले  दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन् । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ । गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ ।

     


    मंसिर २१, २०७८ मंगलवार १७:५८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • क्यानाडा नेपाल

    ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

    ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

    लण्डन - गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।

    images

    मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

    ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

    दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

    गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आंशका गरिएको छ ।


    पौष ८, २०७८ बिहिवार ०८:५३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्रीस

  • क्यानाडा नेपाल

    विदेशमा ८८ प्रतिशत नेपालीले कोरोनाविरुद्धकाे खोपको पूर्ण डोज लगाए, कहाँ कतिले लगाए ?

  • 482
    SHARES
  • विदेशमा ८८ प्रतिशत नेपालीले कोरोनाविरुद्धकाे खोपको पूर्ण डोज लगाए, कहाँ कतिले लगाए ?

    लण्डन - नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसाेबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

    images

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

    तर भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन् ।  न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् । स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ ।

    कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा सापकोटाले बताए ।

    समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ ।

    कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम गर्दै आएको छ ।

    संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाईरहेका छन् । स्वास्थ्य समितिद्वारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ । 


    पौष १९, २०७८ सोमवार ०७:२०:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक

    मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक

    काठमाडौं - सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । 

    images

    कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । 

    मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

    mal.jpg


    माघ ७, २०७८ शुक्रवार १८:५७:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    साउदीमा सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउनलाई पाँच वर्ष जेल हालिने 

    साउदीमा सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउनलाई पाँच वर्ष जेल हालिने 

    एजेन्सी - सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो । 

    images

    राजधानी रियादनजिकै १४ फेब्रुबरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो । कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए । 

    घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि यौन दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । उनीहरुमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् ।  महिलाहरुको सो गुनासो पछि समाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको हो ।

    कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । 

    यसैबीच, साउदी मनोरन्जन निकायकी प्रमुख तुर्की अल शेखले ऋंखलाबद्ध ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताएका छन् ।


    माघ ९, २०७८ आइतवार १३:२१:३८ बजे : प्रकाशित


    क्यानाडा नेपाल