• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

विवाह शुरु हुनुअघि विक्की र कटरीनाविरुद्ध पर्‍यो यस्तो उजुरी

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 856
    SHARES
  • images
    images
    विवाह शुरु हुनुअघि विक्की र कटरीनाविरुद्ध पर्‍यो यस्तो उजुरी

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले विवाह गर्दैछन् ।

    images

    उनीहरुको विवाह मंगलबारदेखि बिहीबारसम्म राजस्थानको जयपुरस्थित एक होटलमा चल्दैछ । विवाहको लागि दुवै पक्षका नातेदार पनि पुगिसकेका छन् । 
     
    विवाहको लागि जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ गरिएको छ । विवाहको रौनक चलिरहेको बेला कटरिना र विक्कीलाई भने एक समस्या आइपरेको छ । उनीहरुविरुद्ध एक वकिलले  उजुरी दर्ता गराएका छन् ।

    कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई

    वकिल नेत्रविन्द सिंह जादौनले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेको भारतिय मिडियामा जनाइएको छ । उनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द हुँदा भक्तजनलाई समस्या भएको बताएका छन् । 
     
    उनीहरुको विवाहमा कलाकार र आफन्तलाई निमन्त्रणा गरिएको छ । विवाहको दिनको लागि कटरिनालाई एक्स ब्वाइफ्रेण्ड सलमान खानले एक गुन लगाएका छन् । सलमानले विवाहको सुरक्षाको लागि आफ्ना बडीगार्ड शेरालाई जिम्मा दिएका छन् ।  
     


     


    मंसिर २१, २०७८ मंगलवार १३:५५:०२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कटरीना कैफ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    थलापति विजयले बढाए पारिश्रमिक, ‘बिस्ट’मा लिए सय करोड

  • 258
    SHARES
  • थलापति विजयले बढाए पारिश्रमिक, ‘बिस्ट’मा लिए सय करोड

    काठमाडौं - दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।

    images

    ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।

    सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।

    यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए ।


    माघ ११, २०७८ मंगलवार १४:०२:३६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

  • 226
    SHARES
  • बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

    काठमाडौं - अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन् । सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो । 

    images

    हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए । जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे । 

    अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् । नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन् । तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न नपाएर छट्पटिइरहेका छन् । तर त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस् । अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले फोटो खिच्न भ्याएको छैन । गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन् ।

    अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन् । उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन । उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन् । 

    काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन् । उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन । यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन् । केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति  अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन् ।

    किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन । एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए । तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन् ।   

    सोहा अली खान र कुणाल खेमूकी एक छोरी इनाया छिन् । यो जोडी पनि आफ्नी छोरीलाई क्यामेराबाट जोगाउन चाहन्छन् । सोहाले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्दा कहिल्यै अनुहार देखाएकी छैनन् । 

    अक्षय कुमार र ट्विंकल खन्ना पनि आफ्ना दुवै बच्चालाई मिडियाबाट टाढा राख्न रुचाउँछन् । ट्विंकलले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्नु पर्दा जहिल्यै पनि पछाडिबाट खिचेको फोटो मात्रै प्रयोग गर्छिन् वा आधा अनुहार मात्रै राख्छिन् ।

    अर्की प्रख्यात कलाकार रानी मुखर्जी पनि आफ्नी छोरी आदिरालाई मिडियाबाट कसरी जोगाउने भन्ने चिन्तामा रहन्छिन् । रानीले २०१५ मा छोरी जन्माएकी थिइन् । करिब सात वर्षकी उनकी छोरीको तस्बिर विरलै सार्वजनिक भएको देख्न सकिन्छ ।
     


    माघ ११, २०७८ मंगलवार २०:३१:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

  • 200
    SHARES
  • 'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

    काठमाडौं - भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन् । यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन् ।

    images

    समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन् । उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन् । यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन् । उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन ।

    त्यसो त उर्वशी अघि ‘नागिन ६’मा माहिरा शर्मा, रुबीना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो । तर ‘नागिन ६’मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन ।
     


    माघ ११, २०७८ मंगलवार २१:५८:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

  • 130
    SHARES
  • राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - बलिउड अभिनेता राजकुमारको नयाँ फिल्म 'बधाई दो' को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    कमेडी जनरामा आधारित यस फिल्ममा राजकुमार र भूमि पेडनेकरको जीवनमा आउने विभिन्न उत्तार चढाब देखाइएको छ । ट्रेलरमा भूमिले एक पिटी शिक्षकको भूमिका निभाएको देखिन्छ । 

    हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको यस फिल्ममा राजकुमार र भूमिसहित सीमा पाहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नितीश पाण्डे, दीपक अरोरा, शशि भूषण लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आउँदो फेब्रअरी ११ मा प्रदर्शनमा आउने भएको छ । 


    माघ १२, २०७८ बुधवार १२:४३:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

  • 184
    SHARES
  • विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

    काठमाडौं - बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।

    images

    ‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।

    निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ । जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।

    यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।

     


    माघ १२, २०७८ बुधवार १३:५६:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

  • 200
    SHARES
  • वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

    काठमाडौं - साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म 'पुष्पाः द राइज'ले बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गर्न सफल भयो। गत डिसेम्बर १७ मा रिलिज भएको यस भारत मात्र होइन नेपालमा पनि राम्रो कमाई गर्न सफल भयो । फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पायो । 

    images

    फिल्ममा अल्लुको फरक अभिनय रअभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले निकै मनपराए । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा रक्त चन्दन तस्करीको कथा देखाइएको छ । 

    फिल्ममा 'पुष्पा'को भूमिकामा रहेका अल्लुले रक्त चन्दन तस्करीमा पुलिसको आँखा छलेको देखाइएको छ । तर, फिल्ममा देखाइएको रक्तचन्दन तस्करी दृश्य वास्तवमा नै देखिएको छ । 

    वास्तवमा रक्तचन्दन तस्करी गरिएको भन्दै संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काटिरहेको बेला उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा ५५ जना मजदुर र तीन जना तस्कर रहेको बताइएको छ । आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको रहेको बताइएको छ । जंगलमा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले हान्ने प्रयास पनि गरेका थिए । 


    माघ १२, २०७८ बुधवार २०:५८:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल