• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

निश्चल र स्वस्तिमा जोडी बनेको पहिलो चलचित्र 'घामड शेरे' युट्युबमा सार्वजनिक

क्यानाडा नेपाल मंसिर २० २०७८
  • 2.3K
    SHARES
  • images
    images
    निश्चल र स्वस्तिमा जोडी बनेको पहिलो चलचित्र 'घामड शेरे' युट्युबमा सार्वजनिक

    काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म 'घामड शेरे' युट्युबमा सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा बनेको यस फिल्म सोमबार युट्युबमा सार्वजनिक भएको हो । निश्चल र स्वस्तिले फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो पहिलो  फिल्म हो ।

    images

    फिल्ममा यी दुई भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चल र स्वस्तिमा सहित सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । 


    मंसिर २०, २०७८ सोमवार २१:०६:३१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # घामड शेरे

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    विपिनलाई फोनबाटै आयो बलिउड फिल्म 'एनिमल' को अफर, रनवीर कपुरसँग अभिनय गर्दै

  • 820
    SHARES
  • विपिनलाई फोनबाटै आयो बलिउड फिल्म 'एनिमल' को अफर, रनवीर कपुरसँग अभिनय गर्दै

    काठमाडौँ - अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । उनलाई मुम्बईबाट नै फिल्म ‘एनिमल’मा अभिनय गर्न प्रस्ताव आएको हो । 

    images

    सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने यस फिल्ममा विपिनले अभिनेता रणवीर कपूरसँग अभिनय गर्ने बताइएको छ । सन्दीप रेड्डीले 'अर्जुन रेड्डी'को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका थिए । 

    विपिनले आफूलाई मूम्बईबाट नै फोनबाट फिल्मको अफर आएको बताए । विपिनले फिल्मको स्क्रिप्ट भने पाएका छैनन् । उनले अगस्टमा सुटिङका लागि आफूलाई बोलाइएको बताए । यस फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् । 

     


    पौष २८, २०७८ बुधवार ११:०४:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विपिन कार्की

  • क्यानाडा नेपाल

    स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक

  • 1.2K
    SHARES
  • स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक

    काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक गरिएको छ ।

    images

    ट्रेलरमा स्वस्तिमाको आइटम डान्स पनि देखिइएको छ । उनी रातो ड्रेसमा नाचिरहेको देखिन्छ । ट्रेलरमा नेपालका धेरै ठाउँहरुको दृश्य देखिएको छ । 

    राजीव शेट्टीको निर्देशन रहेको यस फिल्ममा नेपालका केही कलाकारको पनि अभिनय रहेको छ । कमेडी जनरामा आधारित यस फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् । 


    पौष ३०, २०७८ शुक्रवार ११:३३:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

  • 340
    SHARES
  • 'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

    काठमाडौं - फिल्म ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको छ । झराना थापाको निर्देशनमा बनेको यस फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । निर्माण टिमले  वैशाख गते रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो । 

    images

    टिजरमा अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको  छ । सुनिलकुमार थापा निर्माता रहेको यस फिल्ममा अनमोल, सुहाना लगायतका कलाकारको अभिनय रहेको छ । 

     

     


    पौष ३०, २०७८ शुक्रवार ११:४२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ए मेरो हजुर ४

  • क्यानाडा नेपाल

    मेलिनाको 'फूलहरु मगमग'मा सृजनाको बेजोड अभिनय 

    मेलिनाको 'फूलहरु मगमग'मा सृजनाको बेजोड अभिनय 

    काठमाडौँ । सुप्रशिद्ध गायिका  मेलिना राईको स्वर रहेको 'फूलहरु मगमग'को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका  रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।  

    images

    कन्चन थलङ लिम्बुको  शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा  निर्देशक श्रेष्ठकै छायांकन र  सम्पादन रहेको छ । 

    प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ । 

    कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् । 

    रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुत पनि गीत संगीत कर्मबाट निकै खुशी छिन् ।


    माघ १, २०७८ शनिवार १४:००:२२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’, पाए १५ लाख पुरस्कार  

    जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’, पाए १५ लाख पुरस्कार  

    काठमाडौं - चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । हिमालय टेलिभिजन बाट प्रशारण हुदै आएको यस गायन रियालिटी शोमा जेनिश टिम प्रमोदका तर्फ बाट फाइनल राउण्डमा पुगेका थिए । 

    images

    vo.jpg

    उनले फाइनल राउण्डमा पुगेका अन्य ७ जना प्रतिष्पर्धी लाई पछि पार्दै उपाधी जितेका हुन् । उपाधि जितेसँगै उनले ‘द भ्वाइस किड्स’को ट्रफी, नगद १५ लाख र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । 

    यस रियालिटी शोमा ६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहधागी रहेको थियो । शोमा कोचमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । 


    माघ २, २०७८ आइतवार ०८:५२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द भ्वाइस किड्स नेपाल

  • क्यानाडा नेपाल

    आजदेखि फिल्म हल बन्द

    आजदेखि फिल्म हल बन्द

    काठमाडौं - कोरोनाभाइरसको संक्रमण  फैलिदै गएपछि काठमाडौं उपत्यकाका सिनेमा हल आजदेखि बन्द भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

    images

    सोही निर्णय अनुसार कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि आजदेखि सिनेमा हलहरु बन्द भएका हुन् । सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द रहने भनिएपनि  यो लम्बिन सक्ने हल सञ्चालकहरु बताउछन् । 

    यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरि सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि सरकारले गरेको छ ।  


    माघ ३, २०७८ सोमवार १२:२१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल