• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

क्यानाडा नेपाल मंसिर २० २०७८
  • 458
    SHARES
  • images
    images
    बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

    काठमाडौं - केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । 

    images

    संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ । 

    निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४/१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् । 

    १७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् । 


    मंसिर २०, २०७८ सोमवार १८:२८:५५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

  • 204
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

    काठमाडौं - साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ ।

    images

    साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

    यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।


    माघ १०, २०७८ सोमवार ११:२१:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 

  • 152
    SHARES
  • तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 

    काठमाडौँ - नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आर्इओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

    images

    सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो ।

    निगमले मूल्य स्थिरीकरण कोषबाट  एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो । कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । 

    निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

     


    माघ १०, २०७८ सोमवार १३:२४:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

  • 196
    SHARES
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं - नेपाल राष्ट्र बैंकले  मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७ ६ पैसा र बिक्री दर १३५रुपैयाँ ४४  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५० पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९० पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ  कायम भएको छ ।

     


    माघ ११, २०७८ मंगलवार १०:४१:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

  • 190
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

    काठमाडौं - सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा म‌ंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    images

    महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।


    माघ ११, २०७८ मंगलवार ११:१९:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भन्सारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक - अर्थमन्त्री शर्मा

  • 120
    SHARES
  • भन्सारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक - अर्थमन्त्री शर्मा

    काठमाडाैं - आज विश्व भन्सार दिवस । नेपालमा पनि ७०औँ भन्सार दिवस मनाइँदैछ । दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधालाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।

    images

    दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्,  ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँचपासलाई सरल बनाउन आधुनिक उपकरणसमेतको व्यवस्था गर्न जरुरी छ ।’

    भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेशाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

    अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड-१९ संक्रमणलाईसमेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँचपासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।

    भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।


    माघ १२, २०७८ बुधवार ०८:२५:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बढ्यो सुनको मूल्य 

  • 128
    SHARES
  • बढ्यो सुनको मूल्य 

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।


    माघ १२, २०७८ बुधवार ११:२८:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल