• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

क्यानाडा नेपाल मंसिर २० २०७८
  • 508
    SHARES
  • images
    images
    राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

    न्युयाेर्क - राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले गाेली बाेकेकाे तस्विर उनले ट्विट गरेका थिए ।

    images

    केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थाेमस मासीले ट्विवटरमा साे फाेटाे पाेस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले साे तस्विर ट्विट गर्दै लेखेका थिए: मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ । 

    बन्दुक अ‌ाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अ‌ाराेप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् । 

    मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर  विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । 

    अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ । अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे । एजेन्सी


    मंसिर २०, २०७८ सोमवार १४:०७:०० बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

  • 172
    SHARES
  • भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

    एजेन्सी - भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो । 

    images

    ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् ।  मद्रासमा १० जुन १९७२ मा जन्मिएका  पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

    त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ । 


    माघ १२, २०७८ बुधवार १४:४७:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा एकैदिन २ लाख ८४ हजार कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    भारतमा एकैदिन २ लाख ८४ हजार कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ८४ हजार ४ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।  
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड ३ लाख ६९ हजार ५ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ७५ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार ७ सय २९ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ७ सय ७३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ७६ लाख ६५ हजार ७ सय ४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ लाख १२ हजार १ सय १२ रहेको छ ।
     

    images


    माघ १३, २०७८ बिहिवार ०८:११:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ३५ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 114
    SHARES
  • विश्वभर एकैदिन ३५ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या विस्तारै घटेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३५ लाख ७ हजार ८ सय ८३ कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड २९ लाख १५ हजार ४ सय १६ पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६ सय ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ४५ हजार १ सय २४ पुगेको छ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा २१ लाख ७७ हजार ८ सय १४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २८ करोड ६८ लाख २१ हजार ७० कोरोना संक्रमित निको भइसकेका छन् ।
     
    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ९८ हजार ६ सय ८० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ करोड ४१ लाख ७५ हजार ९ सय ७३ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ५४ लाख २१ हजार ३ सय १८ कोरोना संक्रमित निको भइसकेका छन् ।

    images

    dddd.PNG


    माघ १३, २०७८ बिहिवार ०९:१३:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम 

  • 160
    SHARES
  • मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम 

    एजेन्सी - अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा  पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् । 

    images

    स्पेसएक्सले पठाएको फाल्कन ९बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन  पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।

    फाल्कन ९चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ । 

    स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।

    अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ । सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् ।
     


    माघ १३, २०७८ बिहिवार ०९:२१:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुट भएको तालिवान सरकारका प्रवक्ताको दाबी

    प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुट भएको तालिवान सरकारका प्रवक्ताको दाबी

    एजेन्सी - अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् । तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक भइरहेका बेला प्रवक्ता मुजाहिदको दाबी आएको हो ।

    images

    तर, कानुन उल्लंघन गर्ने र विरोधीलाई पकाउ गर्ने अधिकार सरकारी अधिकारीहरुलाई भएको उनले बताएका छन् । ‘कसैले पनि अराजकता निम्त्याउनुहुन्न, किनकी यसले शान्ति र सुव्यवस्थामा असर गर्छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग उनले भने ।

    उनले महिलाका अधिकार कटौती नभएको दाबी गरे पनि १५ अगस्टमा तालिवानले सत्ता सम्हालेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय भएको  बताइन्छ । 

    महिलाहरुले पूर्वसरकारमा रहेका सुरक्षाकर्मीको रहस्यमय हत्या र आफ्ना अधिकार कटौतीको  विरोधमा राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।तालिवानले सञ्चारकर्मीलाई महिला आन्दोलनको समाचार तथा फोटो खिच्न रोक लगाउदै आएका छन् । 

    अफगानिस्तानस्थित राष्ट्रसंघीय सहयोग मिसनले महिला कार्यकर्ताहरुको अवस्थाबारे सूचना दिन तालिवानसँग आह्वान गर्दै आएको छ । 


    माघ १३, २०७८ बिहिवार ११:४७:५१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

    गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

    एजेन्सी - मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

    images

    भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

    भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 
     


    माघ १३, २०७८ बिहिवार १४:४७:४० बजे : प्रकाशित


    क्यानाडा नेपाल