आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

राष्ट्रपति पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता



काठमाडौँ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता भएको छ।  पुटिनको भारत भ्रमणअघि नै  दिल्ली पुगेका रुसी रक्षामन्त्री सर्गेई शोइगु र भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशबीच रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन्। यी सम्झौताहरू मध्ये एकमा एके – २०३, ७.६३*३९ एमएम एसल्ट राइफलहरू सम्बन्धी रहेको बीबीसीले जनाएको छ। 

यस्तै सम्झौता अनुसार सन् २०२१ देखि २०३१ सम्म इन्डो एसिया राइफल्स प्राइभेट लिमिटेडबाट ६ लाख १ हजार ४ सय २७ एके –२०३ राइफल खरिद गरिने जनाइएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर र रुसी रक्षामन्त्री जनरल सर्गेई शोइगु, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पहिलो पटक २+२ मन्त्रालय स्तरको वार्ता गरेका हुन् ।

सम्झौतामा हस्ताक्षरपछि रक्षामन्त्री राजनाथ सिंहले भने, ‘हालैका समयमा भारत र रुसबीच रक्षा क्षेत्रमा अभूतपूर्व प्रगति भएको छ । हामी आशा गर्छौं कि रूसले यी चुनौतीपूर्ण परिस्थितिहरूमा भारतको विशेष साझेदारको रूपमा रहनेछ।’ 

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ८ : ०३ बजे