श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

जहाजभित्रै एक यात्रु मृत भेटिएपछि उडेकाे तीन घन्टापछि फर्कियाे एयर इन्डियाकाे विमान



नयाँ दिल्ली – भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे । 

‘मेडिकल अ‌ापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेकाे एयर इन्डियाकाे विमान नयाँ दिल्ली फर्किएकाे छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने । 

विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र विरामीकाे परीक्षण गरेकाे थियाे । समूहले तत्कालै विरामीलाई मृत घाेषित गरेकाे थियाे । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेकाे जनाइएकाे छ । शवलाई साेही विमानमार्फत अमेरिका पठाइएकाे छ ।एजेन्सी

प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार  ३ : ४० बजे