श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  



काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 

प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार  १२ : ०३ बजे