काठमाडौं – साउथ फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले अब बलिउडमा डेब्यु गर्ने तयारी गरेकी छन् । वेब सिरिज ‘द फेमिली म्यान २’ मा मनोज बाजपेयीको अपोजिटमा भिलेनको भूमिका निभाएदखि बलिउडमा प्रबेश गर्ने चर्चा चलिरहेको थियो ।
अब भने उनले बलिउडमा डेब्यु गर्नका लागि मुम्बईमा पनि घर किनिसकेकी छन् । उनले एक अन्तवार्तामा कुनै पनि भाषा आफ्नो लागि बाधक नबन्ने र बलिउडमा डेब्यु गर्न तयार रहेको बताएकी छन् ।
उनले आफूलाई मनपर्ने स्क्रिप्ट आएमा गर्ने बताइन् । अहिले उनलाई बलिउडबाट अफरहरु आउन लागेको बताइएको छ । केही समयअघि उनी श्रीमान् नागा चैतन्यसँग डिभोर्स गरेपछि चर्चामा आएकी थिइन् ।
प्रतिक्रिया