• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

क्यानाडा नेपाल मंसिर १८ २०७८
  • 512
    SHARES
  • images
    images
    कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

    झापा - कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन । 

    images

    भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् । अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जाेखिम पनि बढेकाे छ ।

    भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ । ‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उनले भने, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’ 

    नाकाबाट दैनिक तीन हजार जनाकाे आवतजावत
    पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् । नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा हप्तामा दुई-चार जनामा कोरोना संक्रमण देखिइरहेको उनले बताए । 

    अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताए । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उनले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’ 

    जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे । यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५-७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैकाे एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उनले भने ।

     


    मंसिर १८, २०७८ शनिवार १७:४३:३० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालमा एकैदिन १२ हजार ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 154
    SHARES
  • नेपालमा एकैदिन १२ हजार ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५ हजार ९०९ जनाको परिक्षण गर्दा मुलुकभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यससँगै कूल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८८ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख १७ हजार ७ सय ५४ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २७ हजार २ सय ७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ८८ हजार ९ सय ३४ जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ ११, २०७८ मंगलवार १७:५९:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

  • 222
    SHARES
  • प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरसको संक्रमण भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । 

    images

    उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पताले कोरोनाभाइरसको असर कम भएपछि पुन अस्पताल आउन सल्लाह दिएको छ । 

    स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाले जानकारी दिए । 


    माघ ११, २०७८ मंगलवार १८:५४:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पूर्वमन्त्री सुनिलबहादुर थापालाई देखियो कोरोना  

  • 142
    SHARES
  • पूर्वमन्त्री सुनिलबहादुर थापालाई देखियो कोरोना  

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    images

    स्वास्थ्यमा समस्या देखिएपछि उनले सोमबार कोरोना परिक्षण गराएका थिए । परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ । 

    कोरोना संक्रमणपछि उनी अहिले घरमै आराम गरिरहेका छन् । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्क अपनाउन आग्रह गरेका छन् । 

     


    माघ ११, २०७८ मंगलवार २१:११:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

  • 140
    SHARES
  • वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं - नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । 

    images

    ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् । 
     


    माघ १२, २०७८ बुधवार १०:४६:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालमा एकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 434
    SHARES
  • नेपालमा एकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३५९ जनाको परिक्षण गर्दा मुलुकभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
     
    यससँगै कूल संक्रमितको संख्या ९ लाख ३३ हजार ४ सय ५१ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख २० हजार ६ सय ३७ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख ३१ हजार ७ सय १२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ९० हजार ६७ जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ १२, २०७८ बुधवार १८:२७:२२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण  

  • 122
    SHARES
  • डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण  

    काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    images

    डा. भट्टराईले आरटी पीसीआर परीक्षण गराउँदा आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । कोरोना संक्रमण भएपछि डा। भट्टराई आइसोलेसनमा बसेका छन्। 

    सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएका बताउदै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 
     

     


    माघ १२, २०७८ बुधवार १९:१२:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल