• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

‘होई मेरो संसार’ भन्दै आए गायक बिन्ती कुमार र गायिका शान्ता

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 642
    SHARES
  • images
    images
    ‘होई मेरो संसार’ भन्दै आए गायक बिन्ती कुमार र गायिका शान्ता

    काठमाडौँ । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत शृजना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन् ।

    images

    अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय हुन थालेकी छिन् । संगीतकार शर्माकी पत्नि समेत रहेकी शान्ताले यसअघि पनि कहाँ होला काठमाडौँ (कर्णालीलाइ समर्पित अत्यन्तै मनछुने गीत) मा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन् । संगीतकी बिद्यार्थी समेत रहेकी शान्ता यो गीत रिलिज गरेसँग थप उत्साहित छिन् ।

    सार्वजनिक गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा गाउँबाट शहर जान खोज्ने प्रेमी र उनलाई रोक्ने प्रेमीकाको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

    जसमा टिकटकबाट चर्चा कमाएका सरोज प्रजा र विना राउतले कमालको अभिनय गरेका छन् ।साथै भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । 


    मंसिर १७, २०७८ शुक्रवार २१:३१:२५ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी

  • 114
    SHARES
  • सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी

    काठमाडाैं - नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

    images

    सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो । 

    r.png

     


    माघ १३, २०७८ बिहिवार ०८:५७:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

  • 222
    SHARES
  • विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

    एजेन्सी - तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।

    images

     सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए । 

    भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।

    सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।

    सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
     

     


    माघ १३, २०७८ बिहिवार ११:१८:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    काठमाडौंमा घरभित्र आगो बालेर सुतेका एक दम्पत्तीको निस्सासिएर मृत्यु

  • 214
    SHARES
  • काठमाडौंमा घरभित्र आगो बालेर सुतेका एक दम्पत्तीको निस्सासिएर मृत्यु

    काठमाडौं - काठमाडौंको शंखरापुरमा घरभित्र निस्सासिएर २ जनाको ज्यान गएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीका एक दम्पत्ती गएराति घरभित्र आगो बालेर सुतेका थिए । 

    images

    उनीहरु बिहिबार बिहान घरभित्रै मृत भेटिएका हुन् । मृत भेटिनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीया फुलमाया थिङरहेका छन् । प्रहरीका अनुसार घरमा आगो बालेर सुतेकाले निस्सासिएर उनीहरुको मृत्यु भएको हो । 
     


    माघ १३, २०७८ बिहिवार ११:५६:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत   

  • 102
    SHARES
  • गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत   

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो । 

    images

    झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत सामाग्री वितरण गरिएको हो । 

    ‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा अहिले रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले भने, ‘अब थोरै स्थानमा मात्र वितरण बाँकी छ, बाँकी स्थानमा सकियो ।’ 

    बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका एक हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये एक हजार ३०० भन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ । 

    रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए । ‘रेडक्रस, स्थानीय तहले सूचिकृत गरेका पीडितहरुलाई राहत सामाग्री उपलब्ध गरिएको हो,’ बस्यालले भने । 

    एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, एक किलो दाल, एक किलो चना, एक किलो चिनी, एक किलो नुनु, साबुन, दुई तीनवटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ । गृहमन्त्री खाँणले गत कात्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए । 

    चुजी फाउण्डेशनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिन भित्र गर्ने लक्ष्य राखिएको छ । 
     


    माघ १३, २०७८ बिहिवार १२:५२:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे, केही खेतको दहमा भासिएर मरे

    डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे, केही खेतको दहमा भासिएर मरे

    झापा - २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने ।

    images

    झापाको मागुरमाणी, तेलपानी, वबहुवन, तेलपानी, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए । हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ,’ उनले भने । 

    डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

    वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।

    यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्‍यो भने । उसले असुरक्षित महसुस गर्‍यो भने र ढुंगामुडा गर्‍यो भने आक्रमण गर्न सक्छ,’ भट्टराईले भने । 

    झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’

    भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलकाहुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्‍याउँथे । तर, केही वर्ष अघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।


    माघ १३, २०७८ बिहिवार १४:००:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक 

    चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक 

    काठमाडौं - चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् ।

    images

    मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए । अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन् ।  उनी गत १७ जनवरीदेखि बेपत्ता थिए ।

    उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए । अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।


    माघ १३, २०७८ बिहिवार १४:२५:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल