श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास



भियना – अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । 

भ्रष्टाचारकाे अ‌ाराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘याे समयका लागि म निकै आभारी छु, हाम्राे सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही याेगदान दिएकाे छु,’ उनले भने । 

जीवनकाे नयाँ अध्याय सुरु भएकाे बताउँदै नेतृत्व हस्तान्तरण गरेकाे उनले बताए । आफू याेगी वा अपराधी दुबै नभएकाे बताउँदै चान्सलर हुँदा विराेधीले धेरै आलाेचना गरेकाे उनले गुनासाे गरे । 

३५ वर्षीय क्रुज युराेपकै कान्छाे नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलाे व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाकाे राजनीतिकाे प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए । 

राजनीतिबाट सन्यास लिने उनकाे घाेषणाले त्यहाँकाे पिपुल्स पार्टी अलमलमा परेकाे छ । पूर्वउपचान्सलर वेर्नर काेग्लरले क्रुजकाे निर्णयकाे स्वागत गरेका छन् ।एजेन्सी

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  २ : ३२ बजे