• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

गोरेटोको जुम फेयर कार्यक्रम सम्पन्न

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 658
    SHARES
  • images
    images
    गोरेटोको जुम फेयर कार्यक्रम सम्पन्न

    काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सल्ट्यान्सीले जुम फेयर कार्यक्रम सम्पन्न गरेको छ । करिब ५ सय बिद्यार्थीं र अविभावकहरु उपस्थित कार्यक्रममा  कोरोना लहरको दोश्रो लकडाउन, क्यानडामा विद्यार्थीहरुको चाप, स्थायी बसोबासमा आहिलेसम्मकै उल्लेखनीय आवेदन संख्या, क्यानडामा हालसालै सम्पन्न निर्वाचनले गर्दा आवेदन नतिजा निर्णय आउन ढिलो भएको, साथै कोरोना भाइरसको नयाँ भ्यारिन्ट ओमीक्रोनले क्यानाडामा अध्ययनगर्न चाहने विधार्थीहरु पार्न सक्ने प्रभाव लगायातका विषयहरुमा छलफल भएको थियो । 

    images

    सो अवसरमा गोरेटो कन्सल्टेन्सी नयाँ वानेश्वरका शैक्षिक परामर्शकर्ता शतिष भट्टले पछिल्लो समय अध्ययन गर्नका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरु भारतको नयाँ दिल्लीस्थित क्यानडा अध्यागमनमा आवेदन दिएर ४ देखि ८ महिनासम्म भिसा निर्णय प्रतिक्षा गरेर बसेको जानकारी दिए ।

    गोरेटो कन्सल्टेन्सीका अर्का काउन्सेलर धीरज कंडेलका अनुसार छोटो समयमा गोरेटोबाट उल्लेखनीय भिषा नतिजाका पछाडि गोरेटोको अनुभवी र दक्ष कार्य सदस्यहरुका सामूहिक कार्य योगदानका साथै गोरेटोको पहिलो प्राथमिकतामा विद्यार्थी आवेदन तयार पर्दा विद्यार्थीको सही प्रोग्राम चयन, भिसा अफिसरलाई विद्यार्थीको क्षमता विश्वास दिलाउनसक्ने एसओपी, साथै आवेदनसँग बुझाउने कागजपत्रहरुको विश्वसनीयता तथा सम्पूर्ण प्रक्रियाको उचित समयावधिका बारेमा जानकारी दिएका थिए । 

    सो अवसरमा क्यानडा जान इच्छुक बिद्यार्थी तथा उनीहरुका अविभावकले खास चासो देखाएका थिए । क्यानडाको पछिल्लो भिसा ट्रेन्ड विश्लेषण गर्दा आवेदक विधार्थीहरुको अङ्ग्रेजी प्रविणता बढी जोड दिएको जस्तै आइएलटिएस ६।५ वा ६ र पिट्रिई स्कोर ओभरअल ६० हुनुपर्ने तर, एकेडेमिक भने कम्तिमा दोश्रो श्रेणीमा उतिर्ण भई छ वर्षसम्म ग्याप भएका आवेदनहरुमा पनि लचिलो देखिएको छ ।

    पछील्लो समय क्यानाडा अध्यागमनले नेपालबाट बुझायीएका  अध्ययन भिषा आवेदनहरुको निर्णय दिन शुरु गरेको छ। यो साता मात्र धेरै नेपाली विधार्थीहरुले क्यानाडामा अध्ययन गर्ने अनुमती प्राप्त गरेको काउन्सेलर कंडेलले जानकारी दिएका छन । बिश्वव्यापी कोरोनको महामारीले अष्ट्रेलिया लगायत अन्य यूरोपियन मुलुकमा अन्तरास्ट्रिय विधार्थीहरुलाई अध्ययन गर्न जान अजै असहज भएको अवस्थामा क्यानाडाले भने अन्तरास्ट्रिय विधार्थीहरुको सवालमा थोरै लचिलो देखिएको छ । पछिल्लो अवस्थामा अध्ययन भिषा प्राप्तगरेका विधार्थीहरु खोपको र क्वारेन्टिनको मापडण्ड पुरागरी क्यानाडा प्रवेश गरिराखेका छन भने  सम्भाब्य कोरोनको नयाँ भ्यरिएन्टको प्रभावको समयमा क्यानाडा अध्ययन भिसा प्राप्तगरी क्यानाडा प्रवेश गर्न कठिन भएको खन्डमा विधार्थीहरुले अन्लाईन अध्ययन गर्न सक्ने र क्यानाडामा अध्ययन पछी अन्तरराष्ट्रिय विधार्थीहरुले प्राप्त गर्ने सबै खालका सुविधाहरुको लागि योग्य रहनेकुरा क्यानाडा अध्यागामनले जनाएको छ । 

    क्यानाडामा विभिन्न प्रान्तहरुले अन्तरास्ट्रिय विधार्थीहरुलाई लक्षित गरी नयाँ आप्रवासी रणनिती बनाएको छ । यसै क्रममा न्यू ब्रुन्सविकमा बिभिन्न १९ शैक्षिक प्रोग्रामहरुमा अध्ययन पुरा गरेकालाई अप्रिल १, २०२२ का मिती बाट लागु हुने गरी पाईलट आप्रवासी निती लागु गरेको गोरेटीका काउन्सेलर सतिश भट्टले जानकारी दिएका छन ।


    मंसिर १७, २०७८ शुक्रवार १३:०४:४७ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय चुनावमा आएका प्रतिनिधिकाे गाडी ताेडफाेड गर्ने जनमतका कार्यकर्तामाथि कारबाही गर्न निर्देशन

  • 128
    SHARES
  • राष्ट्रिय चुनावमा आएका प्रतिनिधिकाे गाडी ताेडफाेड गर्ने जनमतका कार्यकर्तामाथि कारबाही गर्न निर्देशन

    जनकपुरधाम - मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा ताेडफाेड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीकाे निर्देशन दिएकाे छ । 

    images

    मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै ताेडफाेड र सांघातिक आक्रमण  घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।

    पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएकाे प्रदेश सरकारले जनाएकाे छ ।  

    'घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,' अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । 


    माघ १३, २०७८ बिहिवार ०७:४०:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बैतडीमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते

  • 100
    SHARES
  • बैतडीमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते

    बैतडी - बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो । 

    images

    घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् । कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका-५ की २१ वर्षाीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी  र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् । 

    घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बस बिहान करिब ६ बजे दुर्घटनामा परेकाे हाे ।  बस सडकबाट ५ मिटर तल खसेको छ । चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


    माघ १३, २०७८ बिहिवार ०८:१६:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी

  • 112
    SHARES
  • सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी

    काठमाडाैं - नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

    images

    सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो । 

    r.png

     


    माघ १३, २०७८ बिहिवार ०८:५७:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

  • 194
    SHARES
  • विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

    एजेन्सी - तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।

    images

     सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए । 

    भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।

    सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।

    सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
     

     


    माघ १३, २०७८ बिहिवार ११:१८:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    काठमाडौंमा घरभित्र आगो बालेर सुतेका एक दम्पत्तीको निस्सासिएर मृत्यु

  • 186
    SHARES
  • काठमाडौंमा घरभित्र आगो बालेर सुतेका एक दम्पत्तीको निस्सासिएर मृत्यु

    काठमाडौं - काठमाडौंको शंखरापुरमा घरभित्र निस्सासिएर २ जनाको ज्यान गएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीका एक दम्पत्ती गएराति घरभित्र आगो बालेर सुतेका थिए । 

    images

    उनीहरु बिहिबार बिहान घरभित्रै मृत भेटिएका हुन् । मृत भेटिनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीया फुलमाया थिङरहेका छन् । प्रहरीका अनुसार घरमा आगो बालेर सुतेकाले निस्सासिएर उनीहरुको मृत्यु भएको हो । 
     


    माघ १३, २०७८ बिहिवार ११:५६:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत   

    गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत   

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो । 

    images

    झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत सामाग्री वितरण गरिएको हो । 

    ‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा अहिले रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले भने, ‘अब थोरै स्थानमा मात्र वितरण बाँकी छ, बाँकी स्थानमा सकियो ।’ 

    बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका एक हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये एक हजार ३०० भन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ । 

    रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए । ‘रेडक्रस, स्थानीय तहले सूचिकृत गरेका पीडितहरुलाई राहत सामाग्री उपलब्ध गरिएको हो,’ बस्यालले भने । 

    एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, एक किलो दाल, एक किलो चना, एक किलो चिनी, एक किलो नुनु, साबुन, दुई तीनवटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ । गृहमन्त्री खाँणले गत कात्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए । 

    चुजी फाउण्डेशनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिन भित्र गर्ने लक्ष्य राखिएको छ । 
     


    माघ १३, २०७८ बिहिवार १२:५२:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल