• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 798
    SHARES
  • images
    images
    महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा
    जेनेभा - अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ ।
     
    राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरकाे नाेक्शान भएकाे छ ।

    अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब  डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँकाे आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब  डलरमा खुम्चिने पनि राष्ट्रसंघले  प्रक्षेण गरेको छ ।

    images

    राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसंले प्रक्षेपण गरेको छ । एजेन्सी


    मंसिर १७, २०७८ शुक्रवार ०८:२२:५२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

  • 172
    SHARES
  • भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

    एजेन्सी - भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो । 

    images

    ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् ।  मद्रासमा १० जुन १९७२ मा जन्मिएका  पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

    त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ । 


    माघ १२, २०७८ बुधवार १४:४७:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा एकैदिन २ लाख ८४ हजार कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    भारतमा एकैदिन २ लाख ८४ हजार कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ८४ हजार ४ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।  
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड ३ लाख ६९ हजार ५ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ७५ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार ७ सय २९ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ७ सय ७३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ७६ लाख ६५ हजार ७ सय ४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ लाख १२ हजार १ सय १२ रहेको छ ।
     

    images


    माघ १३, २०७८ बिहिवार ०८:११:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ३५ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 114
    SHARES
  • विश्वभर एकैदिन ३५ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या विस्तारै घटेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३५ लाख ७ हजार ८ सय ८३ कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड २९ लाख १५ हजार ४ सय १६ पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६ सय ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ४५ हजार १ सय २४ पुगेको छ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा २१ लाख ७७ हजार ८ सय १४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २८ करोड ६८ लाख २१ हजार ७० कोरोना संक्रमित निको भइसकेका छन् ।
     
    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ९८ हजार ६ सय ८० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ करोड ४१ लाख ७५ हजार ९ सय ७३ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ५४ लाख २१ हजार ३ सय १८ कोरोना संक्रमित निको भइसकेका छन् ।

    images

    dddd.PNG


    माघ १३, २०७८ बिहिवार ०९:१३:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम 

  • 160
    SHARES
  • मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम 

    एजेन्सी - अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा  पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् । 

    images

    स्पेसएक्सले पठाएको फाल्कन ९बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन  पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।

    फाल्कन ९चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ । 

    स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।

    अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ । सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् ।
     


    माघ १३, २०७८ बिहिवार ०९:२१:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुट भएको तालिवान सरकारका प्रवक्ताको दाबी

    प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुट भएको तालिवान सरकारका प्रवक्ताको दाबी

    एजेन्सी - अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् । तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक भइरहेका बेला प्रवक्ता मुजाहिदको दाबी आएको हो ।

    images

    तर, कानुन उल्लंघन गर्ने र विरोधीलाई पकाउ गर्ने अधिकार सरकारी अधिकारीहरुलाई भएको उनले बताएका छन् । ‘कसैले पनि अराजकता निम्त्याउनुहुन्न, किनकी यसले शान्ति र सुव्यवस्थामा असर गर्छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग उनले भने ।

    उनले महिलाका अधिकार कटौती नभएको दाबी गरे पनि १५ अगस्टमा तालिवानले सत्ता सम्हालेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय भएको  बताइन्छ । 

    महिलाहरुले पूर्वसरकारमा रहेका सुरक्षाकर्मीको रहस्यमय हत्या र आफ्ना अधिकार कटौतीको  विरोधमा राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।तालिवानले सञ्चारकर्मीलाई महिला आन्दोलनको समाचार तथा फोटो खिच्न रोक लगाउदै आएका छन् । 

    अफगानिस्तानस्थित राष्ट्रसंघीय सहयोग मिसनले महिला कार्यकर्ताहरुको अवस्थाबारे सूचना दिन तालिवानसँग आह्वान गर्दै आएको छ । 


    माघ १३, २०७८ बिहिवार ११:४७:५१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

    गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

    एजेन्सी - मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

    images

    भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

    भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 
     


    माघ १३, २०७८ बिहिवार १४:४७:४० बजे : प्रकाशित


    क्यानाडा नेपाल