असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

नायिका रेखा थापाद्वारा राप्रपाको महामन्त्रीमा उम्मेदवारी घोषणा



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशनमा अभिनेत्री तथा नेतृ रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । बिहिबार अभिनेत्री थापाले पार्टीको अध्यक्ष पदमा उठेका राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी हुन् । 

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले महामन्त्री पदमा आफुले उम्मेदवारी दिएको बताइन् । 

re.jpg

लिङ्देनको प्यानलबाट गोविन्द खनियाँ र धवल शमशेर जबरा पनि आकांक्षी हुन् । यस्तै अध्यक्ष पदमा उठेका कमल थापाको प्यानलबाट पनि कुन्ति शाहीले महामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले निर्वाचनमा नलड्ने बताइसकेका छन् । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राप्रपाको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ ।  

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ६ : १६ बजे