• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

क्यानाडा नेपाल मंसिर १५ २०७८
  • 492
    SHARES
  • images
    images
    अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

    काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार म्यूजिक भिडियो आफ्ना दर्शकहरुका लागि दिइरहेकी पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । 

    images

    ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ । 

    भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा  निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । जसको निर्माताका रुपमा  गायक लामा नै रहेका छन् । 


    मंसिर १५, २०७८ बुधवार २१:२६:५० बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    कोरोना बढेपछि ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड  

    कोरोना बढेपछि ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड  

    काठमाडौं - निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

    images

    कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

    थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् । म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।


    माघ ५, २०७८ बुधवार १२:३१:३८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मदानी महोत्सवमा भाग लिन भोजपुरी सुपरस्टार खेसरीलाल रौतहट आउँदै 

    मदानी महोत्सवमा भाग लिन भोजपुरी सुपरस्टार खेसरीलाल रौतहट आउँदै 

    रौतहट - भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

    images

    ‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।

    केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो ।
     

     


    माघ ६, २०७८ बिहिवार १२:४०:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अभिनेत्री रेखाले आउँदो बैशाखमा अमेरिकी एनआरएनसँग विवाह गर्न लागेको चर्चा

    अभिनेत्री रेखाले आउँदो बैशाखमा अमेरिकी एनआरएनसँग विवाह गर्न लागेको चर्चा

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो विवाहबारे खुलासा गरेकी छन् । आफ्नो विवाह बारे अभिनेत्री रेखाले नै खुलाएकी हुन् । 

    images

    निर्माता छविराज ओझासँग सम्बन्ध तोडिएपछि विवाह बन्धनमा नबाधिँएकी रेखाले  आउँदो वैशाखमा विवाह गर्ने बताइएको छ । उनले अमेरिकी एनआरएनसँग विवाह गर्ने लागेको चर्चा पनि चलेको छ । 
     
    उनले एक टेलिभिजन अन्तवार्तामा पत्रकारसँग रेखाले विवाहबारे कुरा गरेकी थिइन् । आफू केटाको खोजीमा रहेको बताउदै उनले आफू जस्तै मन र कुरा मिल्ने केटासँग विवाह गर्ने बताइन् । उनले विवाह गर्ने व्यक्ति इन्डस्ट्रीभन्दा बाहिरको हुने पनि बताएकी थिइन् । 

    उनले आफू देशको साधारण मानिस भएकाले आफ्नो विवाह पनि धुमधामले नभई साधारण तरिकाले गर्ने बताइन् । 


    माघ ७, २०७८ शुक्रवार १३:४५:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सुनिलको 'को होला त्यो २' को फिमेल भर्सनमा सुदुरपश्चिमको माया 

    सुनिलको 'को होला त्यो २' को फिमेल भर्सनमा सुदुरपश्चिमको माया 

    काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन 'तिमी आउँछौ की' भनीको भिडियो सार्वजनिक गरिएको छ ।

    images

    शुक्रबार गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गीतमा गायिका सुमन गुरुगंको स्वर रहेको छ । 

    गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । को होला त्योको अपार सफलतापछि गायक गिरीले  तिमी आउँछौ की भनीमा सुदुरपश्चिमका एक जोडीको प्रेमी कहानीलाई मोडलद्धय पल शाह र कृष्टिना थापाको माध्यमबाट भिडियोमा देखाएका छन् । 

    भिडियोमा पल र कृष्टिना गज्जबसँग खुलेको देख्न सकिन्छ । नयाँ नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले तिमी आउँछौ कीमा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन र  निर्देशन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।


     


    माघ ७, २०७८ शुक्रवार २०:५७:४१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकियो

    नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकियो

    काठमाडौं - नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकिएको छ । यो वेब सिरिज निकै लामो समयदेखि बनिरहेको छ । जसका लागि निर्माताले सय करोड बढी लगानी गरिसकेका छन् ।

    images

    समाचारअनुसार वेब सिरिजको धेरै भागको सुटिङ भइसकेको छ । तर निर्माताले यो प्रोजेक्टलाई अस्वीकार गरेर पुनः बनाउन सुरु गरेका छन् । यहाँसम्म कि वेब सिरिजमा शिवगामीको भूमिका निभाइरहेकी मृणाल ठाकुरलाई पनि रिप्लेस गरिएको थियो । निर्माता बाहिर सुने जस्तो वेब सिरिजलाई विशाल रूपमा निर्माण गर्ने पक्षमा छैनन् ।

    यो सिरिजमा पुनः अभिनेत्री वामिका गाबीको प्रवेश भएको छ । सिरिजमा तमिल अभिनेत्री नयनतारा पनि देखिँदैछिन् । यो वेब सिरिजलाई पुनः बनाउनका लागि निर्माताले दुई सय करोड बजेट तयार पारेर राखेका छन् । यो वेब सिरिजको जिम्मेवारी ‘केशरी’ निर्देशक अनुराग सिंहलाई दिने तयारी भए पनि निर्देशकसँग निर्माताको कुरा मिल्न सकेको छैन ।


    माघ ८, २०७८ शनिवार ०९:०५:४५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भोजपुरी फिल्ममा तहल्का मच्चाउँदै शिल्पा, दुई फिल्ममा निरहुवासँग रोमान्स गर्दै

  • 392
    SHARES
  • भोजपुरी फिल्ममा तहल्का मच्चाउँदै शिल्पा, दुई फिल्ममा निरहुवासँग रोमान्स गर्दै

    काठमाडौं - अभिनेत्री शिल्पा पोखरेल पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त हुन थालेकी छन् । नेपाली फिल्ममा कम अफर आउन लागेपछि भोजपुरी फिल्ममा अभिनय गर्न थालेकी शिल्पा कोरोना कहरमा पनि व्यस्त छिन् । अब उनले दुई भोजपुरी फिल्ममा अभिनय गर्ने पक्का भइसकेको छ । 

    images

    उनले फिल्ममा भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । उनले अभिनय गर्ने 'निरहुआ चलल लण्डन २' र 'हनुमान की गली' मा भूमिका मूख्य नायिकाको रहेको छ । 

    यस फिल्मलाई निर्देशक सोनु खत्रीले निर्देशन गर्नेछन् ।  फिल्ममा शिल्पासँगै आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारको अभिनय रहनेछ । 

     


     


    माघ १०, २०७८ सोमवार २०:२८:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल