जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिँदै नायिका रेखा थापा 



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को एकता महाधिवेशन आजदेखि सुरु भइसकेको छ । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राप्रपाको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ ।  

महाधिवेशनमा अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनले पार्टीको अध्यक्ष पदमा उठेका राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री उम्मेदवारीमा उठ्ने भएकी हुन् । 

लिङ्देनको प्यानलबाट गोविन्द खनियाँ र धवल शमशेर जबरा पनि आकांक्षी हुन् । यस्तै अध्यक्ष पदमा उठेका कमल थापाको प्यानलबाट पनि कुन्ति शाहीले महामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले निर्वाचनमा नलड्ने बताइसकेका छन् । 
 

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  ३ : ११ बजे