• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

ओलीमाथि प्रचण्डको कडा व्यंग्य - पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

क्यानाडा नेपाल मंसिर १५ २०७८
  • 670
    SHARES
  • images
    images
    ओलीमाथि प्रचण्डको कडा व्यंग्य - पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् । 

    images

    बुधबार भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको र महाधिवेशन गर्दा एकताको महाधिवेशन भनेको भन्दै व्यंग्य गरे । उनले भने - 'नेपालमा पार्टी फुटाएर तीन टुक्रा बनाउनु भयो र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्नुभयो ।'

    प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ
     
    साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै प्रचण्डले भने - 'तपाईंहरु तीनवटा पार्टी मिल्नुभयो र महाधिवेशनको नाम पनि एकता महाधिवेशन राख्नुभयो। त्यस अर्थमा धन्यवाद दिन्छु'

    यस्तै उनले देश र जनताको पक्षको विचारमा राप्रपा र माओवादी केन्द्रको कुरा मिल्ने पनि बताए । उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा दुई पार्टी मिल्ने बताए । 


    मंसिर १५, २०७८ बुधवार १४:२१:०३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न नेकपा एमालेको निर्देशन

    २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न नेकपा एमालेको निर्देशन

    काठमाडौं - नेकपा एमालेले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । देशभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै सो निर्देशन दिएको हो । 

    images

    जारी सर्कुलमा २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिइएको छ । यस्तै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि  भनिएको छ । 

    भनिएको छ - 'नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ । साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।'
     


    माघ ३, २०७८ सोमवार १९:१३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

    मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

    काठमाडौं - मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम र राजधानी टुङ्गो लागेको खुशिमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । 

    images

    लामो समयको बहसपछि सोमबार प्रदेशको नाम मधेश र राजधानी जनकपुर राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेश र राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । 

    यहि खुशिमा मंगलबार मधेशमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 
     


    माघ ३, २०७८ सोमवार १९:२५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश

  • क्यानाडा नेपाल

    अब प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ?

    अब प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ?

    जनकपुरधाम - प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । 

    images

    १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश नामविहीन भएको छ । 

    सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्कदा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामाकरण हुन सकेको छैन । 

    देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो । उसले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो । त्यसपछि प्रदेश चारले आफ्नो नाम गण्डकी र राजधानी पोखरा कायम भएको थियो ।

    त्यसपछि प्रदेशन ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो । प्रदेश ३ ले आफ्नो नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेको थियो । त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निर्णय गरेको थियो । 


    माघ ३, २०७८ सोमवार २०:११:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • क्यानाडा नेपाल

    सर्वोच्च अदालतको फुलकोर्ट बस्दै, प्रधानन्यायाधीश राणा सहभागी नहुने

    सर्वोच्च अदालतको फुलकोर्ट बस्दै, प्रधानन्यायाधीश राणा सहभागी नहुने

    काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । 

    images

    कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । 

    प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ । उनी बैठकमा नबसेपछि निर्णय कार्यान्वयनका लागि भने उनले हस्तारक्ष गर्ने छन् । 
     

     


    माघ ३, २०७८ सोमवार २०:४८:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मधेश प्रदेशको राजधानी पुग्ने संघीय सांसद र अन्य प्रदेशका सांसदलाई सहुलियत !

    मधेश प्रदेशको राजधानी पुग्ने संघीय सांसद र अन्य प्रदेशका सांसदलाई सहुलियत !

    जनकपुरधाम - प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्रदेशको नाम र राजधानी दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको छ ।

    images

    प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ । 

    प्रदेशको नाम मधेशको पक्षमा दुई तिहाई भन्दा बढी मत परेपछि प्रदेशको नामाकारणको विषयमा कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेश, नेकपा एकिकृत समाजवादी नेकपा एस र नेकपा एमालेले गरेको जानकी प्रदेश र कांग्रेसका सांसद राजेशवर प्रसाद साहले गरेको मध्य मधेश प्रस्ताव खारेज भएको सभामुख सरोज कुमार रायले बताएका थिए । प्रदेश नामाकरणको लागि आवश्यक दुई तिहाई अर्थात ७० मत चाहिएको ठाउँमा थप १० मत खसेपछि सभामुख रायले संविधानको धारा २९५ को उपधारार २ बमोजिम प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेका थिए । 

    त्यसैगरि, जनकपुरधाम स्थायी राजधानीको पक्षमा दुई तिहाई मत परेपछि राजधानीको विषयमा थप रहेका दुई वटा प्रस्ताव विरगंज महानगरपालिका र विरगंज महानगरपालिकासहित पोखरियादेखि वाराको निजगढ सम्मको प्रस्ताव सभामुख रायले खारेजको घोषणा गरेका थिए । 

    प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएको छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ८० जनाले नाम मधेशको पक्षमा र ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका छन् । स्थायी राजधानी तोक्न ७० मत चाहिएकोमा थप ८ मत परेपछि सभामुख रायले संविधानको २८८ धाराको उपधारा २ बमोजिम स्थायी राजधानिको घोषणा गरेका गरेका थिए । 

    प्रदेशको स्थायी राजधानीमा राजनीतिक दलहरुको संयुक्त प्रस्ताव भए पनि राजधानी भन्दा प्रदेश नामाकरणमा थप २ मत परेको छ । जबकी प्रदेशको नामाकरणमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), र माओवादी केन्द्रको संयुक्त प्रस्ताव मधेश भएपनि कांग्रेस, नेकपा एस र एमालेको प्रस्ताव भन्ने अलग अलग रहेको थियो ।

    नाम र राजधानीका लागि ७० मतको आवश्यकता थियो । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान गरिएको थियो । सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान गरिएको थियो । 

    यसैबीच, प्रदेशको नाम र राजधानी तोक्ने ऐतिहासिक दिनमा पनि विभिन्न पार्टीका ५ जना सासद प्रदेश सभामा अनुपस्थित रहेका थिए ।  नेकपा एकिकृत समाजवादी पार्टीका सासद गोविन्द न्यौपाने, कांग्रेसका सांसद शोभा लामा, नेकपा एमालेकी सांसद अनिता यादव र जसपाकी सांसद डा. रिना यादव प्रदेशको नाम र राजधानी तोकिरहँदा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

    प्रदेशको स्थायी राजधानीमा दलहरुको प्रस्ताव संयुक्त रहेकोले त्यो मतदान प्रक्रियाबाट पनि पारित हुने सम्भवना प्रवल नै थियो । तर नामाकरणमा दलहरु सबै आफ्ना आफ्ना अडानमा रहेका कारण सोमबार पारित हुने सम्भावना कम देखिएको थियो । तर नामभन्दा राजधानीको प्रस्तावमा पहिलो मतदान हुँदा मधेश केन्द्रित दल जसपा, लोसपाका सासदहरुले त्यस दलका सांसदहरुलाई आफ्नो पक्षमा रिझाउन सफल भएका थिए । 

    प्रदेशको नाम र राजधानीमा पार्टीको ह्वीप पनि नलाग्ने भएकोले पनि कांग्रेस, नेकपा एकिकृति समाजवादी, एमालेका सांसदहरु पनि अन्तिम समयमा मधेशको नाममा मतदान गरेको श्रोतको भनाइ छ । यसैबीच, प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएपछि स्थानीय व्यवसायिहरु उत्साहित भएका छन् । 

    जनकपुर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै जनकपुरलाई स्थायी राजधानीको रुपमो घोषणा गरिएपछि जुन सुकै प्रदेशका प्रदेश सांसद, प्रतिनिधी सभा सासद तथा राष्ट्रिसभाका सदस्यलाई जनकपुरको होटलको बास र गाँसमा छुट दिने घोषणा गरेको छ । 

    सांसदहरुलाई होटल बसाईमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । संघको निर्णयमा होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले पनि समर्थन जनाएको छ । 


    माघ ३, २०७८ सोमवार २१:३१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश

  • क्यानाडा नेपाल

    प्रदेशको नाम र राजधानी तोकिएकोमा बधाई दिदै राजेन्द्र महतोले भने - 'मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ'

    प्रदेशको नाम र राजधानी तोकिएकोमा बधाई दिदै राजेन्द्र महतोले भने - 'मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ'

    काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । 

    images

    'मधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि  ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु' उनले भनेका छन् । 

    यि महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र  समर्थन रहेको उनले बताए । उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेश प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् । 

    'दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ ' उनले भनेका छन् । 

    अव मधेश  प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंजसहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको समुचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।
     


    माघ ३, २०७८ सोमवार २१:३६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश

  • क्यानाडा नेपाल